sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » हलेसीमा बौद्धमार्गीको मृत्यु

खोटाङ, २८ फागुन । खोटाङको हलेसीमा दर्शन गर्न आएका एक भुटानी बौद्धमार्गीको मृत्यु भएको छ । हलेसीमा दर्शन गरेर फर्कन लागेका भूटान थिम्पुका पीपीजी नम्बर ९९३५१ भएका सांगे छिरिङको शुक्रबार राती मृत्यु भएको हो ।
शनिबारको बन्दका कारण राती नै फर्कनका लागि बसमा चढेको केही समय लगत्तै बौद्धमार्गीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधानले बताउनुभयो । बौद्धमार्गीको हृदयघातका कारण मृत्यु भएको अनुमान गरिएको छ । मृतकको शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल काठमाण्डौं पठाउने तयारी भइरहेको डिएसपी प्रधानले बताउनुभयो ।

किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको त्रिबेणीस्थलकारुपमा रहेको हलेसीमा दर्शनका लागि शुक्रबार बिहान १०५ जना भुटानी बौद्धमार्गी आएका उद्योग बाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post