sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » निर्देशिकालाइ लत्याएर खोटाङका नौ परीक्षा केन्द्रमा केन्द्राध्यक्ष

युवराज रोइला

दिक्तेल ४ चैत । जिल्ला शिक्षा कार्यालय खोटाङले केन्द्राध्यक्षको निर्देशिका पुस्तिका विपरित केन्द्राध्यक्ष नियुक्ति गरेको छ । नौ वटा परीक्षा केन्द्रमा जिल्ला शिक्षा कार्यालयले केन्द्राध्यक्षको निर्देशिका पुस्तिका बिपरीत केन्द्राध्यक्ष नियुक्ति गरेको हो ।

जिल्ला शिक्षा कार्यालयले सरस्वती मावि अर्खौले, जालपा मावि जालपा, महेन्द्रोदय मावि हलेसी, सरस्वती मावि मात्तिम, साकेला मावि रतन्छा, मनकामना जनकल्याण मावि निर्मलीडाँडा, पञ्च मावि दिक्तेल, लक्ष्मी मावि बडहरे, कृष्ण मावि टेम्मा परीक्षा केन्द्रमा केन्द्राध्यक्षको निर्देशिका विपरीत केन्द्राध्यक्ष नियुक्ति गरेको छ ।

शिक्षाले १४ वटा केन्द्रहरु विश्वज्योती मावि लामिडाँडा, त्रिभुवन मावि ऐसेलुखर्क, भगवती दिनानाथ मावि खोटाङवजार, सिम्पानी मावि सिम्पानी, चिसापानी मावि परिक्षा केन्द्र ‘क’ चिसापानी, पृथ्वी मावि बाक्सीला, देउराली मावि डुम्रेधारापानी, सरस्वती मावि दिक्तेल, महेन्द्रदय मावि आख्रे, चिसापानी मावि परिक्षा केन्द्र ‘ख’ चिसापानी, चम्पावती मावि बुइपा, बालकन्या मावि फाक्टाङ, सारदा मावि खार्पा र दुर्छिम मावि दुर्छिम परिक्षा केन्दमा भने केन्द्राध्यक्षको निर्देशिका पुस्तिका अनुसार केन्द्राध्यक्ष नियुक्ति गरेको छ ।

केन्द्राध्यक्षको निर्देशिका २०७३ को पेज नं १ मा उल्लेख भएअनुसार, “जिल्ला शिक्षा अधिकारीद्वारा जिल्ला परीक्षा समन्वय समितिको निर्णयअनुसार प्रत्येक केन्द्रको लागि माध्यमिक विद्यालयका प्रधानाध्यापक वा कम्तीमा माध्यमिक स्तरका एक जना शिक्षकलाई परिक्षा सञ्चालनको लागि केन्द्राध्यक्षमा नियुक्ती गर्ने” व्यवस्था रहेको छ ।

जिल्लामा स्थायी मावि शिक्षकहरुको संख्या कमी भएका कारण यस्तो भएको जिल्ला शिक्षा अधिकारी ज्ञानमणी पोखरेलले बताए । उनले भने, ‘यो जिल्लाभरको पोलेसी हो जसअनुसार काम गरिएको हो ।’ विगत वर्षहरुमा भने माविका स्थायी शिक्षकहरुबाट मात्र केन्द्राध्यक्ष लिने गरिएको थियो । - हलेसीखबरबाट

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post