sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » संघीय फोरम नेपाल खोटाङको एकता अधिवेशन १९ चैतमा

खोटाङ ११ चैत । संघीय समाजवादी फोरम नेपाल खोटाङको एकता अधिवेशन आगामी चैत १९ र २० मा हुने भएको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादव, बरिष्ठ नेता अशोक राई, उपाध्यक्ष युवराज कार्की, उपमहासचिव दानबहादुर बिश्वकर्मा, किरात प्रदेश समिति सदस्य राजकुमार राईलगायतको उपस्थितिमा अधिवेशन हुन लागेको हो ।

चैत १९ मा उद्घाटन र २० मा बन्दसत्र हुने फोरम नेपालले जनाएकाे छ । पहिचानसहितको संघीयता प्राप्तिका लागि संघर्ष गर्दै आएको पार्टीले अधिबेशनको तयारी तीव्र बनाएको छ ।

नयाँ संरचना अनुशार दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा हाल पार्टीको संगठन निर्माणका काम भइरहेको पार्टीले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post