sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा

फागुन २२ । खोटाङको माक्पा–७ र ८ स्थित भीर गाउँ सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आएको छ ।
ऐसेलुखर्कस्थित नेपाली सेनाको बेस क्याम्पबाट खटिएका सेना, ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएका प्रहरी र स्थानीयको प्रयासमा एक दिनपछि डढेलो नियन्त्रणमा आएको हो । जंगलमा डढेलो लाग्नुको कारण खुल्न सकेको छैन ।

डढेलो नियन्त्रणमा आएपनि सुकेका रुख र ठुटाको आगो अझै बलिरहेको छ । डढेलो फैलिने सम्भावना कम भएपछि सेना र प्रहरी फर्किसकेका छन् । पानीको अभावमा ठुटोमा बलिरहेको आगो निभाउन नसकिएको स्थानीय भानु निमावि लेवाका प्रअ डिल्लीकेशर भण्डारीले बताए । स्थानीय अनुशार हावाहुरी नआए डढेलो फैलिने सम्भावना कम छ ।

दिउँसो नियन्त्रणमा आउन लागेकोबेलामा हावाहुरी चलेका कारण पुन: डढेलो फैलिएर नियन्त्रण बाहिर गएको थियो । डढेलो नियन्त्रण बाहिर जाँदा माक्पा–७ र ८ तथा माक्पा–१, २, ४ र ५ वडाका बस्ती उच्च जोखिममा परेको थियो । दुई वर्षअघिको डढेलोपछि बल्ल–बल्ल हुर्किन लागेको बोटबिरुवा पुनः नष्ट भएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post