sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » खोटाङका १० वटै स्थानीय तहका प्रमुख ताेकियाे

खोटाङ १ चैत ।  जिल्लाका १० वटै पालिका प्रमुख ताेकिएकाे छ । स्थानीय तह सहजीकरण तथा कर्मचारी व्यवस्थापन समितिले दुई नगरसहित खोटाङका १० वटै स्थानीय तहका प्रमुख छनोट गरेको हो ।

प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेल संयोजकत्वको समितिले रुपाकोट मझुवागढी नगरपालिकामा अधिकृत र अन्यमा सुब्वालाई प्रमुखका रुपमा तोकेको छ  । पुरानाे संरचना र नाम अनुसार रहेकाे दिक्तेल नगरपालिकाका प्रमुख समेत रहेका अनिल किरातीलाई रुपाकोट मझुवागढी नगरको प्रमुख तोकिएको छ ।

हलेसी तुवाचुङ नगरमा केशीराज राई, लामीडाँडा गाउँपालिकामा भेषराज खत्री, ऐसेलुखर्क गाउँपालिकामा युवराज फुयाँल, केपिलासगढी गाउँपालिकामा चन्द्रप्रसाद आचार्य, साकेला गाउँपालिकामा होमनाथ खनाल, खोटेहाङ गाउँपालिकामा मनोसकुमार राई, जन्तेढुंगा गाउँपालिकामा ढुण्डीराज दुलाल, बराहपोखरी गाउँपालिकामा गौरीनाथ आचार्य र दिप्रुङ गाउँपालिकामा धनबहादुर श्रेष्ठलाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिइएको छ ।

हलेसी तुवाचुङ नगर, लामीडाँडा, ऐसेलुखर्क, साकेला र दिप्रुङ गाउँपालिकाका निमित्त कार्यकारी प्रमुखलाई सोमबार नै अविर लगाएर जिम्मेवारीको चिट्ठी दिइदै कार्यक्षेत्रमा जान निर्देशन दिइएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post