sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » मैले आठ सयको संख्यामा सङ्घीय संरचनाको प्रस्ताव राख्दा बौलाहा भने : नेता किराती

चैत ६ । सत्तारूढ दल नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेश इन्चार्ज गोपाल किरातीले आफूले पहिला आठ सयको संख्यामा सङ्घीय संरचनाको प्रस्ताव राख्दा बौलाहासम्म भनेर उडाएको भन्दै अहिले भने त्यहीं संख्याको पेरिफेरीमा स्थानीय तह गठन भएको बताएका छन् ।

नेता किरातीले जनताको चाहना अनुसार संघीय संरचना बनेको भन्दै उनले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन सम्पन्न हुने समेत बताए ।
खोटाङको दिक्तेलमा आयोजित अगुवा नेता कार्यकर्ता भेलालाई संवोधन गर्दै जनताको चाहना अनुसार संघीय संरचना बनेको र त्यसैको एउटा अंश स्थानीयतह भएकाले स्थानीयतहको निर्वाचनमा आफ्नो पार्टीले जित्ने समेत किरातीले दाबी गरे ।

स्थानीय तहको निर्वाचन कसैले पनि रोक्न नसक्ने भएकाले यो चुनावमा सक्रिय पूर्वक खट्न आह्वान गरे । किरातीले नेकपा माओवादीले अर्जुन दृष्टिकोणका साथ उठाएको एजेण्डा पूरा हुने क्रममा भएकाले त्यसैको एउटा अङ्श स्थानीयतह पनि भएकाले चुनावको तयारीमा रहन कार्यकर्ताहरुलाई निर्देशन दिए ।

'पहिले मैले आठ सयको संख्यामा सङ्घीय संरचनाको प्रस्ताव राख्दा बौलाहासम्म भने तर अहिले करिब त्यस्तै प्रकारको, झण्डै त्यतिनै संख्यामा सङ्घीय ढाचाको स्थानीयतह बनाइएको छ' नेता किरातीले भने- 'स्थानीय तहको चुनावमा हाम्रो पार्टीलाई जित गराउने गरी खट्नुहोस्, किन भने हाम्रो पार्टीको एजेण्डा हो, जनताको चाहना हो ।'

रुपाकोटमझुवागढी नगरपालिकाको पहिलो प्रशिक्षण तथा बैठकले सुरेश किरातीको संयोजकत्वमा ३१ निर्वाचन परिचालन समिति निर्माण गरेको छ । यस अन्तरगत प्रचार प्रसार समिति संयोजक विनोद आचार्य, सुरेश किरातीकै नेतृत्वमा वार्ता समिति समेत निर्माण गरेको छ ।

कार्यक्रममा जिल्ला इन्चार्ज ध्रुव बुढाथोकी, सहइन्चार्ज समितिका कार्की, संयोजक पृथ्वी किराती लगायतले अगुवा नेता कार्यकर्ताहरुलाई चुनावमा होमिन आग्रह गरे ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post