sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » » दिक्तेलमा बढ्यो चुनावी रौनकः मेयरको बाजी मार्ने यी हुन् सम्भावित उम्मेदवार

दिक्तेल १६ चैत । पुरानो संरचना र स्वरुप अनुसार जिल्लाको सदरमुकाम दिक्तेल रहेको 'रुपाकोट मझुवागढी नगरपालिका'मा चुनावी रौनक बढेर गएको छ । सरकारले अागामी ३१ वैशाखका लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै दिक्तेलमा पनि चुनावी माहौल तात्न थालेको हो ।

बजार हाटदेखि चिया पसलसम्म अहिले उम्मेदवार को होला र कुन पार्टीले जित्छ भनेर चर्चा हुन थालेको छ ।

यसैबीच, राजनीतिक दलरुले भने सम्भावित उम्मेदवार छनोट कार्यलाई पनि अगाडी बढाउन थालेका छन् । अन्य जिल्लाका कतिपय ठाउँमा उम्मेदवार छनोट समेत भईसके पनि दिक्तेलमा छनाेट भइनसकेकाले अहिले उम्मेदवारको चर्चा चुलिएर गएको छ ।

कुनै पनि पार्टीले उम्मेदवार छनोट गरि नसकेकाले सबै पार्टीभित्र आकांक्षीको चर्चा ह्वात्तै बढेको छ । नगरपालिका भित्रका सबै क्षेत्रको अवस्था केलाउने हो भने पहिलो स्थानमा अाउन सक्ने जस्तै सम्भावना रहेकाे र सरकारको नेतृत्व समेत गरिरहेको नेकपा माओवादी केन्द्रले उम्मेदवार छनोटको कार्यविधि र मापदण्ड बनाईसके पनि दिक्तेलका लागि उम्मेदवारको टुंगो लगाएको छैन ।

नेकपा माओबादी केन्द्रबाट दर्जनको संख्यामा अकांक्षी देखा परेका छन् । रुपाकोट मझुवागढी नगरपालिकाको मेयरका लागि दुर्गाजयन्ती राई, ध्रुब बुढाथोकी, जयप्रसाद आचार्य, सुरेस राई, होमकाजी आचार्य, मदन तामाङ, माधव राई, बलराम राई, सन्तोष राई, धुर्वा राई लगायत आकांक्षी देखिएका छन् । यी मध्ये दुर्गाजयन्ती, ध्रुव र जयप्रसाद मध्ये एककाे सम्भावना बढी रहेको बताइन्छ ।

यता, व्यवस्थापिका संसदको पहिलो ठूलो दल कांग्रेसभित्र पनि उतिकै अाकांक्षी देखिएका छन् । मेयरमा कांग्रेसभित्र राजनसेर राई, ज्ञानेन्द्र जोशी, प्रकाश श्रेष्ठ, दुर्गाप्रसाद घिमिरे, तिर्थराज भट्टराई, नवराज केसी, महन्त राई लगायतको नाम चर्चा हुने गरेको छ ।

संसदको दोस्रो ठूलो दल तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेभित्र रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा नारायणप्रसाद जोशी, कुमार आचार्य, दिपनारायण रिजाल, जलसेर राई, देवबिक्रम राई, उदय कार्की, बीरबलकाजी राई, उपीन राई, भागवत घिमिरे, बिरेन्द्र ढकाल, गोपाल आचार्य लगायतको चर्चा छ ।

राप्रपाभित्र पनि रुपाकोट मझुवागढीमा स्वयं श्रेष्ठ, ललितकुमार राई, धर्मराज पोखरेल, निसान राई, मोतीचन्द्र राई, सिताराम राई, रामचन्द्र भट्टराई, बिजयकला राई लगायतको चर्चा हुने गरेको छ ।
यता, संघीय समाजवादी फोरमभित्र नबिन राई, कर्णबहादुर कार्की, निर्मल राई, नैन कट्वालको चर्चा हुने गरेको छ । खम्बूवान राष्ट्रिय मोर्चाभित्र रुपाकोट मझुवागढी नगरपालिकामा महन राई, जगतभक्त राईको चर्चा छ ।

रुपाकोट मझुवागढीमा मुख्य रुपमा कांग्रेस, एमाले माओवादी केन्द्रबिच नै त्रिपक्षीय भिडन्त हुने देखिएको छ । अहिलेसम्म कसैले पनि उम्मेदवारको घोषणा गरी नसकेकाले एउटा पार्टीले अर्को पार्टीमा कस्तो उम्मेदवार उठाउँदैछ भनेर अध्ययन गर्ने काम समेत दलहरुले गरिरहेको पाइएकाे छ ।

उम्मेदवार छनाैटकै विषयमा दलहरुभित्र आन्तरिक विवाद समेत चुलिदैं गएको छ । अहिलेसम्म कुनै पनि दलले उम्मेदवार घोषणा गरि नसकेकाले उम्मेदवारका आकांक्षी र सम्भावित पात्रहरुको चर्चा भने बेस्सरी चुलिएर गएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post