sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » स्थानीय तहको विषयमा चार दिनदेखि शिक्षण संस्था ठप्प

खोटाङ, १९ फागुन । स्थानीय तह पुनःसंरचनाको विषयमा असन्तुष्टी जनाउँदै खोटाङका चार गाबिसका शिक्षण संस्था चार दिनदेखि ठप्प पारिएको छ ।

 स्थानीय तह पुनःसंरचना आयोगले खोटाङबाट सिफारिस गरिएको महुरेगढी गाउँपालिकालाई परिबर्तन गरेर लामीडाँडा गाउँपालिका बनाइएको बिरोधमा स्थानीयले सोमबारदेखि बुईपा, राजापानी, बिजयखर्क र नुनथलाका शिक्षण संस्था ठप्प पारेका हुन् । 

महुरेगढीलाई कायम गर्नका लागि क्रियासिल महुरेगढी गाउँपालिका संघर्ष समितिले चार गाबिसका शिक्षण संस्था बाहेक गाबिस, कृषि, बन, हुलाक लगायतका सरकारी कार्यालय, संघसंस्था र गैससको कामकाज समेत ठप्प पारेको छ । स्वास्थ्य संस्था भने बन्द नगरिएको संघर्ष समितिका संयोजक उदयबहादुर कार्कीले बताए । 

जिल्लाबाट सिफारिस नै नगरिएको गाउँपालिका बनाइएको बिरोधमा पुस २३ गतेदेखि माघ १८ गतेसम्म सडक बन्द गरेको महुरेगढी गाउँपालिका संघर्ष समितिले पुःन गत फागुन १५ गते आईतबार बिहानदेखि दोश्रोपल्ट मध्यपहाडी लोकमार्ग बन्द गरेका छन् । संयोजक कार्कीका अनुशार दैनिक बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सडक बन्द गरिएको छ । त्यस बाहेकका समयमा भने सवारी साधनलाई आवतजावत गर्न दिइएको छ । सडक बन्दमा एम्बुलेन्स, दमकल, सुरक्षा निकाय, मानव अधिकार र प्रेसको गाडीलाई भने आवतजावतमा रोक लगाएको छैन । माघ दोश्रो साता १५ दिनका लागि भन्दै सडक बन्द फिर्ता लिएको संघर्ष समितिले २६ दिनपछि सडक बन्दलाई निरन्तरता दिएको हो । 

स्थानीय तह पुःर्नसंरचनाको अन्तिम टुंगो लगाउन लागिएकोबेलामा महुरेगढी गाउँपालिकालाई कायम गर्नकालागि दवाव सिर्जना गर्न पुःन सडक बन्द आव्हान गरिएको संघर्ष समितिका सहसंयोजक दिनेश राईले बताए । 
दिनभर हुने सडक बन्दका कारण सदरमुकाम दिक्तेलबाट राजधानी काठ्माण्डौं, कटारी र गाईघाट लगायतका शहर आवत–जावत गर्ने यात्रु मारमा परेका छन् । शहरबाट सदरमुकाम भित्रिने एक मात्र सडक दिक्तेल–जयराम सडक बन्द भएपछि यात्रु हिँडेरै बिजुले–हुर्लुङ सडक पार गर्न बाध्य छन् । बन्दकर्ताले जयराम–हलेसी हुँदै दिक्तेल भित्रिने सवारी साधनलाई बिजुलेभन्दा भित्र छिर्न दिएका छैनन् भने, सदरमुकाम दिक्तेलबाट जाने सवारी साधनलाई पनि हुर्लुङभन्दा बाहिर अगाडि बढ्न दिएको छैन । आयोगका सदस्य डा. श्याम भुर्तेलले केही नेताको इसारामा सिफारिस नै नभएको गाउँपालिका तयार पारेपछि बिरोध आएको सांसद पिके राईले बताए । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post