sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » युवती हत्या अनुसन्धानमा बिशेषज्ञ टोली पठाउन आयोगको आग्रह

खोटाङ, २६ फागुन । राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङले लिच्कीराम्चे–८ की १७ वर्षीया किशोरी रिता तामाङको हत्या अनुसन्धानका लागि बिशेषज्ञ टोली पठाउन पुर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरलाई आग्रह गरेको छ ।

गत माघ २६ गते बुधबार छिमेकी गाबिस सिमपानी–७ स्थित कुसेऔंशी जंगलमा बिभत्स हत्या गरिएको अवस्थामा फेला परेकी किशोरीको हत्यामा संलग्न दोषी हालसम्म प्रहरीले पत्ता लगाउन नसकेको भन्दै आयोगले सुक्ष्म अनुसन्धानका लागि बिशेषज्ञ टोली पठाउन पुर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरलाई आग्रह गरेको हो । युवतीको हत्या भएको महिना दिन बित्न लाग्दा समेत दोषी पत्ता लाग्न नसकेको भन्दै स्थलगत अनुसन्धानका लागि गत शनिबार आफै खटिएको आयोगले घटनास्थलबाटै पुर्वाञ्चल प्रहरी प्रमुख (डिआईजी) रमेश भट्टराईलाई फोन गरेर बिशेषज्ञ टोली पठाइदिन आग्रह गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयको अनुसन्धानबाट लामो समयसम्म ठोस नतिजा निस्कन गा¥हो हुँदा मृतकका आफन्त थप पीडामा परेकाले बिशेषज्ञ टोली पठाउन डिआईजी भट्टराईलाई आग्रह गरिएको राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय दिक्तेलका प्रतिनिधि लोकनाथ घिमिरेले बताए । ‘जिल्लाको अनुसन्धानले हालसम्म अपेक्षित नतिजा ल्याउन ढिलाइ भइरहेको गुनासो छ,’ घिमिरेले भने, ‘यहाँको शक्ती र अनुसन्धानले मात्र दोषी पत्ता लाग्ने अवस्था नदेखिएकाले बिशेषज्ञ टोली पठाइदिन भनेका छौँ । डिआईजी सावले पनि टोली पठाउने प्रतिबद्धता जनाउनु भएको छ ।’

हत्यामा संलग्न दोषीलाई प्रहरीले पत्ता लगाउन नसकेको गुनासो बढ्दै गएपछि आईतबारदेखि मानव अधिकार आयोगको टोलीले स्थलगत अनुसन्धान थालेको हो । किशोरीको हत्यामा संलग्न दोषी पत्ता लगाउन माग गर्दै लिच्कीराम्चेका महिलाले मौन जुलुस र दवावमुलक जुलुस निकालेको केही दिनपछि अन्तरपार्टी सञ्जालले फागुन १७ गते आयोगको ध्यानाकर्षण गराएको थियो । हाल आयोगका प्रतिनिधि प्रतिनिधि अम्बीका घिमिरे र लोकनाथ घिमिरे स्थलगत अनुसन्धानक्रममा छन् ।

तामाङको हत्यामा संलग्न दोषी पत्ता लाग्न नसकेको भन्दै जिल्ला प्रहरी कार्यालयले पनि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआईबी)को टोली मगाएको जनाएको छ । हालसम्मको अनुसन्धानबाट दोषी पत्ता लगाउने लक्ष्य पूरा हुने सम्भावना कम देखिएकाले सिआईको टोली पठाइदिन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नविनकिशोर प्रधानले बताए ।

घट्नास्थलमा मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामुहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ । सिम्पानी बजारका व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी रिता घर नआएपछि खोजी गर्नेक्रममा बाटोभन्दा करिब ४० मिटर तल भीरमा मिल्काइएको अवस्थामा मृत भेटिएकी थिईन् । बिहान होटलमा काम गर्न गएर साँझ घर फर्कने गरेकी तामाङको शव ढुंगाले किचेर हत्या गरेर भीरबाट खसाइदिएको अनुमान गरिएको छ ।

प्रहरीका अनुशार युवतीको शवको टाउको फुटेका, दाँत खसाइदिएको, दाहिने आँखा फुटेको र चिउँडो ढुंगाले काटिएको अवस्थामा भेटिएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post