sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » महुरेगढी गाउँपालिका हटाइएको प्रति एमालेले छानविन थाल्यो

खोटाङ, ६ चैत । जिल्लाबाट सर्वसहमतीमा सिफारिस गरिएको महुरेगढी गाउँपालिका हटाइएकोप्रति नेकपा (एमाले) खोटाङले छानविन सुरु गरेको छ । स्थानीयको भावना बिपरित केही व्यक्तिको स्वार्थमा जिल्लाबाट सिफारिस गरिएको गाउँपालिका हटाएको भन्दै एमालेले आइतबारबाट छानविन सुरु गरेको हो ।

महिना दिनभित्र प्रतिवेदन बुझाउनेगरी प्रदेश नम्बर–१ का सदस्य तथा पूर्व सभाषद् उषाकला राईको संयोजकत्वमा बनेको समितिले छानविन थालेको जिल्ला अध्यक्ष बबि चाम्लिङले जानकारी दिनुभयो । “जिल्लाबाट सिफारिस गरिएको महुरेगढी गाउँपालिका हटाउनमा ठूलो षडेन्त्र भएको छ ।” उहाँले भन्नुभयो, “छानविन समितिले प्रतिवेदन बुझाएपछि कारबाहीका लागि सम्बन्धित निकायलाई दबाब दिन्छौं ।”
दिक्तेलस्थित होटल शुभदिनमा शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै एमाले पोलिट ब्यूरो सदस्य तथा सांसद् विशाल भट्टराईले जनभावना बिपरित निर्णय गर्ने जो कोहीलाई पार्टीले नछाड्ने बताउनुभयो । “आयोगले जे निर्णय गरेको छ, त्यो गलत गरेको छ ।” उहाँले भन्नुभयो, “गलत गर्नमा एमालेभित्र कै व्यक्ति संलग्न भएपनि कारबाही हुन्छ ।”

आयोगले महुरेगढी गाउँपालिकालाई हटाएर लामीडाँडा गाउँपालिका बनाउन नेपाल सरकारलाई सिफारिस गरेपछि असन्तुष्टी जनाउँदै स्थानीयले आन्दोलन गरेका थिए । स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति तथा जिल्लास्थित सर्वदलीय बैठकले जिल्लाबाट हलेसी तुवाचुङ र रुपाकोट मझुवागढी नगरपालिका तथा महुरेगढी, ऐसेलुखर्क, केपिलासगढी, जन्तेढुङ्गा, खोटेहाङ, दिप्रुङ, साकेला र बराहपोखरी गाउँपालिका बनाउन प्रस्ताव गरेकामा आयोगले केही व्यक्तिको प्रलोभनमा परेर महुरेगढीको सट्टामा लामीडाँडा गाउँपालिका बनाएपछि स्थानीयले आन्दोलन गरेका हुन् ।

स्थानीयले सुरु गरेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै एमालेले पनि छानविन सुरु गरेको जिल्ला सचिव देवविक्रम राईले जानकारी दिनुभयो । आयोगको निर्णय कुनै पनि हालतमा सच्याउन लगाउने एमालेले जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post