sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » काहुलेमा माओवादी केन्द्रका गाउँ सम्मेलन

खोटाङ १८ फागुन । जिल्लाको काहुलेमा नेकपा माओवादी केन्द्रको गाउँ सम्मेलन सम्पन्न भएको छ । 

मंगलबार तेस्रो गाउँ सम्पन्न सम्मेलनले श्यामकुमार राईको अध्यक्षतामा २५ सदस्यीय गाउँ कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा मदन राई र प्रेम श्रेष्ठ, सचिवमा नइन्द्र राई, सहसचिवमा खड्ग राई र कोषाध्यक्षमा जयन्ती राई चयन हुनुभएको छ । 

माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य रामकुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले नयाँ समिति गठन गरेको हो । कार्यक्रममा १२ नम्बर ईलाका सहइन्चार्ज बीरबल किराती, सेक्रेटरी राजकुमार बिष्ट लगायतको उपस्थिति रहेको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post