sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » » यी हुन् निर्वाचनका लागि खोटाङमा दर्ता भएका १२ दल

खोटाङ १३ चैत
जिल्लामा दर्ता भएका दलहरु
आगामी निर्वाचनमा सहभागिताका लागि खोटाङमा १२ वटा दलले निर्वाचन आयोगमा दल दर्ता गरेका छन् । ३१ गतेका लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचनमा जिल्लामा १२ वटा दलले मात्र उम्मेदवारी दिन पाउने भएका छन् ।

यसरी, दल दर्ता गर्नेमा सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, सत्तारुढ दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रतिपक्षी नेकपा एमाले रहेका छन् । अशोक राईले नेतृत्व गर्दै आएको तर उपेन्द्र यादव नेतृत्वको फोरमसँग पार्टी एकता गरेको संघीय समाजवादी फोरम नेपालले पनि निर्वाचनका लागि जिल्लामा नाम दर्ता गरेको छ । नयाँ संविधान र स्थानीय तहको निर्वाचनको विरोध गर्दै आएको फोरमले पनि दल दर्ता भने गरेको हो ।

यस्तै, मधेस केन्द्रित दल चुरेभावर लोकतान्त्रिक पार्टीले पनि जिल्लामा दल दर्ता गरेको छ । जिल्लामा चुरेभावरको खासै प्रभाव रहेको छैन ।  

यसैगरी, नेकपा माले, खम्मुवान राष्ट्रिय मोर्चा नेपाल, नयाँ शक्ति पार्टी, जनसमाजवादी पार्टी, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, ग्रीन पार्टीले जिल्लामा दल दर्ता गराएका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post