sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » राजनीतिक अस्थिरतालाई निर्वाचनले टुङ्गो लगाउँछ : नेता पौडेल

खोटाङ, १५ चैत । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा देखिएका राजनीतिक अस्थिरतालाई निर्वाचनले टुङ्गो लगाउने बताउनुभएको छ । सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचनमार्फत देशमा देखिएका सबै राजनीतिक अस्थिरता हल हुनेमा आफू विस्वस्त रहेको स्पष्ट पार्नुभयो ।

नेपाल तरुण दल खोटाङले मङ्गलबार दिक्तेलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “निर्वाचनले देशमा देखिएका सबै राजनीतिक अस्थिरतालाई टुङ्गो लगाउँछ ।” उहाँले थप्नुभयो, “राजनीतिक अस्थिरतालाई टुङ्गो लगाएर देशलाई विकास निर्माणमा केन्द्रित गर्नुपर्ने अवस्था आएको छ ।”
दिक्तेलस्थित स्थानीय हेलिप्याडमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधान कार्यान्वयन गर्नकै लागि भएपनि निर्वाचन गर्नै पर्ने अवस्था रहेको बताउनुभयो । “संविधानले पछाडि पारिका जनतालाई अधिकार दिएको छ ।” उहाँले भन्नुभयो, “निर्वाचन नगर्ने हो भने, प्राप्त उपलब्धी गुम्न सक्छ । त्यसैले प्राप्त उपलब्धीलाई संस्थागत गर्न निर्वाचन अनिवार्य गर्नुपर्ने अवस्था आएको छ ।”

हेलिकोप्टरमार्फत खोटाङ आउनुभएका नेता पौडेलले संविधान नेपाली काँग्रेसको सिद्धान्त भएकाले आगामी निर्वाचनमा काँग्रेसलाई कसैले हराउन नसक्ने दाबी गर्नुभयो । “बामपन्थी दलका तर्फबाट प्रधानमन्त्री बनेका व्यक्तिले नसकेको काम हाम्रो पार्टीको तर्फबाट प्रधानमन्त्री बनेका सुशिल कोइरालाले गर्नुभएको छ ।” उहाँले भन्नुभयो, “यसलाई संस्थागत गर्ने जिम्मेवारी पनि हाम्रै पार्टीको काँधमा आइपरेको छ । यसलाई टुङ्गोमा पु¥याएर देशलाई विकास निर्माणतर्फ मोड्न पार्टी लागी परेको छ ।” 

एक अर्को प्रशङ्गमा नेता पौडेलले पछिल्लो समय नेकपा एमालेले राष्ट्रवादको नाममा देशलाई विखण्डन तिर धकेलेको आरोप लगाउनुभयो । “राष्ट्रवादको नाममा एमालेले तराई”पहाड अलग्याउन खोजेको छ ।” उहाँले भन्नुभयो, “त्यो हुनबाट हाम्रो पार्टी नेपाली काँग्रेसले खबरदारी गरिरहेको छ ।”

वरिष्ठ नेता पौडेलसँगै खोटाङ आउनुभएका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले हिङ्सालाई शान्तिमा बदल्न नेपाली काँग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । “काँग्रेस उग्रतालाई विश्वास गर्दैन ।” उहाँले भन्नुभयो, “विनम्रताका साथ देशलाई कसरी विकास गर्न सकिन्छ भन्ने स्पष्ट भिजन दिने पार्टी नेपाली काँग्रेस हो ।”

सभालाई पूर्व वनराज्यमन्त्री शिवकुमार बस्नेत, सांसद सरस्वती बजिमय, युवा नेता सुवाशकुमार पोखरेल लगायतले सम्बोधन गर्नुभएको थियो । करिब दुई घण्टाको खोटाङ बसाइपछि वरिष्ठ नेता पौडेल र सदस्य शर्मा पुनः हेलिकोप्टरमार्फत काठमाडौं फर्कनुभएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post