sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » » किशोरी हत्यारा पत्ता लगाउन प्रहरी असक्षम, प्रहरीबाटै दोषीलाई उन्मुक्ति दिन दोषी पक्राउ नगरिएको आशंका

खोटाङ, १८ फागुन । तीन हप्ता बित्दा समेत खोटाङको लिच्कीराम्चे–८ की १७ वर्षीया किशोरी रिता तामाङको हत्यामा संलग्न दोषी पत्ता लगाउन प्रहरी प्रशासन असक्षम बनेको छ ।

माघ २६ गते बुधबार छिमेकी गाविस सिमपानी–७ स्थित कुसेऔंशी जंगलमा बिभत्स हत्या गरिएको अवस्थामा फेला परेकी किशोरीको हत्यामा संलग्न दोषी हालसम्म पहिचान हुन सकेको छैन ।

यति लामो समय हत्यामा संलग्नहरुको पहिचान नहुनु, पक्राउ नगरिनुले हत्यामा संलग्नहरुलाई उन्मुक्ति दिन प्रहरी प्रशासनकै मिलेमतोको आशंका समेत गर्न थालिएको छ ।

हत्यामा संलग्नहरु पहुँचवाला भएको र थाहा पाएर पनि प्रहरीले पक्राउ गर्न नचाहिरहेको आरोप समेत सांसद तथा महिलाको हकहित तथा रक्षाका लागि वकालत गर्ने संघ संगठनले लगाएका छन् ।

हत्यामा संलग्नलाई पक्राउ गर्न नसकिएको भन्दै अन्तरपार्टी महिला सञ्जालले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रहरीको आलोचना गरेको छ । सञ्जालले प्रहरीले सुरुमा घटनाको विषयमा चासो देखाए पनि अहिलेसम्म दोषी पत्ता नलाग्नुमा प्रहरी प्रशासनमाथि आशंका समेत व्यक्त गरेको छ ।

सांसद विशाल भट्टराईले हत्याको विषय व्यवस्थापिका संसदमा नै उठाएका थिए । विभिन्न ठाउँबाट हत्यामा संलग्नलाई पक्राउ गर्न र सार्वजनिक गर्न कडा रुपमा माग हुँदै आए पनि प्रहरी प्रशासन उदासिन देखिएको छ । घटनाको अवस्था, प्रकृतिका आधारमा पनि घटनाको अनुसन्धान गर्न र हत्यामा संलग्नहरुलाई अनुसन्धानपछि पक्राउ गर्न सहज स्थिति हुँदा हुँदै पनि प्रहरीले आवश्यक चासो नदेखाएको समेत भेटिएको छ ।

किशोरीको हत्या भएको २१ दिन बित्दा समेत दोषी पत्ता लगाउन नसकेको भन्दै सञ्जालकी अध्यक्ष दुर्गाजयन्ती राईले प्रहरी र प्रशासनको आलोचना गरिन् । ‘सुरुमा घटनाको बिषयमा प्रहरीले तत्परता देखाएकै हो, तर समय बित्दै जाँदा यसलाई गम्भीरतापुर्वक लिइएको छैन,’ पुर्वसांंसद रहेकी राईले मंगलबार साँझ आयोजित पत्रकार सम्मेलनमा भनिन्, ‘कस्ता–कस्ता घटनाका दोषीलाई प्रहरीले पत्ता लगाएको उदाहरण छ, यो केसलाई किन यत्तीका दिनसम्म पत्ता लगाउन सक्दैन, हामीलाई यहीनेर अचम्म लागेको छ ।’

किशोरीको हत्यामा संलग्न दोषी पत्ता लगाउन माग गर्दै लिच्कीराम्चेका महिलाले केही दिनअघि मौन जुलुस र सोमबार दवावमुलक जुलुस निकालेको दोश्रो दिन सञ्जालले घटनाका बिषयमा आफ्नो धारणा सार्वजनिक गरेको हो । लामो समयसम्म दोषी पत्ता लाग्न नसक्नुलाई सञ्जालले दुःखद भनेको छ । घटनास्थलमा मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामुहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ । 

सिम्पानी बजारका व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी रिता घर नआएपछि खोजी गर्ने क्रममा बाटोभन्दा करिब ४० मिटर तल भीरमा मिल्काइएको अवस्थामा मृत भेटिएकी थिईन् । बिहान होटलमा काम गर्न गएर साँझ घर फर्कने गरेकी तामाङको शव ढुंगाले किचेर हत्या गरेर भीरबाट खसाइदिएको अनुमान गरिएको छ । प्रहरीका अनुशार युवतीको शवको टाउको फुटेका, दाँत खसाइदिएको, दाहिने आँखा फुटेको र चिउँडो ढुंगाले काटिएको अवस्थामा भेटिएको थियो ।

अपराधी पत्ता नलाग्दा हुने गम्भीर सामाजिक र मनोवैज्ञानिक असरप्रति प्रहरी र प्रशासन सचेत हुनुपर्ने आफन्त रमेश गाउँलेले बताए । घटनाका बिषयमा दवावमुलक कार्यक्रम गर्ने सञ्जालले जनाएको छ । ‘दोषी पत्ता लाग्न लाग्यो भन्दै यत्रो दिन टार्ने काम गरिएको छ,’ अर्की पुर्व सांसद समिता कार्कीले भनिन्, ‘यो घटनामा प्रहरी र प्रशासनको गम्भीर उदासिनता देखिएको छ ।’

केन्द्रबाट अनुसन्धानका बिज्ञ टिम, तालिम प्राप्त कुकुर र प्रविधिको प्रयोग गरेर भएपनि दोषी पत्ता लगाउनु पर्ने खोटाङ क्षेत्र नम्बर २ का सांसद बिशाल भट्टराईको माग छ । ‘मैले पटक–पटक सिडिओ र डीएसपीलाई रिताको हत्यारा पत्ता लगाउन भएसम्मको शक्ति लगाँउन भनिरहें, डीएसपी आफैं घटनास्थल पुगेर अनुसन्धान गर्नुभयो । तर, अहिलेसम्म ठोस नतीजा आएको देखिदैन,’ सांसद भट्टराईले भने, ‘अपराध लुकाउनु पनि अपराध नै हो, तसर्थ हामी जोसंग जे सुचना छ, प्रहरीलाई दिएर अपराधी पत्ता लगाउन सघाऔँ ।’

‘अपराधी अझसम्म पत्ता नलाग्नु गम्भीर, अनुसन्धानलाई तीव्रता दिन जरूरी’ रहेको भन्दै सांसद भट्टराईले समाजको कलंकको रुपमा रहेको जघन्य अपराधमा संलग्न दोषीलाई अदालतको कठघरामा उभ्यााउनका लागि सबैलाई आग्रह गरेका छन् । 

घट्नाको अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधान आफै टोली लिएर घट्नास्थल पुगेर फर्किए पनि दोषी पहिचान हुन सकेको छैन । रितासँग बारम्बार फोन सम्पर्कमा रहेका, भेटघाट गरिरहने र फोनबाट धम्क्याउने गरेको सुचनाका आधारमा शंकास्पद व्यक्तीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको भए पनि दोषी पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ । दोषी पत्ता लाग्न नसक्दा आफन्त थप चिन्तित छन् । प्रहरीका अनुसार घटनाका बिषयमा अनुसन्धान जारी छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post