sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » संघीय समाजबादी फोरमका एकता अधिबेसन शनिबार, तयारी पूरा

खोटाङ, १८ चैत्र । संघीय समाजबादी फोरम नेपाल खोटाङको एकता अधिबेसनको तयारी पूरा भएको छ । 

शनिबार र आईतबार सञ्चालन हुने अधिबेसनको सम्पूर्ण तयारी पूरा भएको संघीय समाजबादी फोरमले जनाएको छ । शुक्रबार साँझ पत्रकार सम्मेलन गरेर संघीय समाजबादी फोरमले अधिबेसनको तयारी पूरा भएको जानकारी दिएको हो । दिक्तेलबजारको हेलीप्याडमा बिहान ११ बजे हुने अधिबेसन उदघाटन समारोहलाई पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, बरिष्ठ नेता अशोक राई, उपाध्यक्ष युवराज कार्की, उपमहासचिव दानबहादुर बिश्वकर्मा लगायतका नेताले सम्बोधन गर्ने प्रचार बिभाग प्रमुख पीके खम्बूले बताए ।

बरिष्ठ नेता अशोक राई, उपाध्यक्ष युवराज कार्की, उपमहासचिव दानबहादुर बिश्वकर्मा जिल्लामा आइसकेको भएपनि केन्द्रीय अध्यक्ष उपेन्द्र यादव शनिबार नै आउने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । एकता अधिबेसन दिक्तेलमा ¥याली निकालेपछि सुरु हुने खम्बूले जानकारी दिए । बन्दसत्र शनिबार बेलुकादेखि आईतबारसम्म सञ्चालन हुने पार्टीले जनाएको छ । 

अधिबेसनमा साबिकका गाबिसबाट ७/७ जना प्रतिनिधि र ५/५ जना पर्ययबेक्षकको सहभागीता रहने छ । अधिबेसनपछि स्थानीय तहको निर्वाचनको तयारीलाई थप तिब्र पार्ने संघीय समाजबादी फोरमले जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post