sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » एसइई परीक्षा २३ परिक्षा केन्द्रबाट, ३८३ विद्यार्थी अनुपस्थित

चैत ४ । चैत्र ३ (बिहिबार) देखि सुरु भएको यस वर्षको उच्च मावि (एसइई) कक्षा १० को परीक्षामा खोटाङका ३८३ विद्यार्थीले परीक्षा छुटाएका छन् । 

गत वर्षसम्म १० कक्षालाई एसएससी परीक्षाको रुपमा लिईदै आएकोमा यो वर्षदेखि एसइईका रुपमा लिन थालिएको हो । बिहीबारदेखि सुरु भएको उक्त एसइई परिक्षामा रेगुलरतर्फ ७८ जना, एक्जाम्टेडतर्फ ४८ जना र आंशिकतर्फ २५७ बिद्यार्थी अनुपस्थित भएका बनेका छन् । जिल्ला शिक्षा कार्यालयका अनुशार रेगुलर, एक्जाम्टेड र आंशिकतर्फ कुल ५ हजार २४४ जनाले फर्म भरेकामा झण्डै चार सय बिद्यार्थी अनुपस्थित भएको जिल्ला शिक्षा कार्यालय खोटाङले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लामा रेगुलरतर्फ ३ हजार ८९३ जनाले फर्म भरेकोमा १०५ जना अयोग्य ठहरिएपछि बाँकी रहेको ३ हजार ७ सय ८८ जनामध्ये ३ हजार ७ सय १० जना मात्र परिक्षामा सहभागी भएको जनाईएको छ । यस्तै, आंशिकतर्फ १ हजार ८० जनाले फर्म भरेकामा ८ सय २३ जना मात्र सहभागी भएको जिल्ला शिक्षा कार्यालयका तिर्थ बिश्वकर्माले बताए । एसइई एक्जाम्टेडतर्फ २ सय ७० जनाले फर्म भरेकामा २२२ जना मात्र परिक्षामा सहभागी भएको कार्यालयको  भनाई छ ।

यसपल्ट रेगुलरतर्फ वर्षभरी विद्यालयमा ७५ प्रतिशतभन्दा कम उपस्थिति भएको तथ्यांकका आधारमा अयोग्य ठहरिएका १०५ जना पनि परिक्षाबाट बञ्चित भएका छन् । अघिल्लो वर्षको तुलनामा यस पल्टको परिक्षा शान्त र मर्यादित बनेको जनाइएको छ । जिल्लामा २३ वटा परिक्षा केन्द्रबाट परिक्षा सञ्चालन भइरहेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post