sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु

खोटाङ १३ चैत्र । खोटाङमा श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । दिप्रुङ गाउँपालिका–४ बतासेका ५७ वर्षीय कैलास राईको लाठी प्रहारबाट ४५ वर्षीय मैयाँ राईको मृत्यु भएको हो । 

सामान्य घरायसी बिवादमा बिहिबार कुटिएकी मैयाँको दोश्रो दिन मुत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका मुद्धा शाखाका प्रहरी नायब निरिक्षक मनोज यादवले बताए । 

कुटपिटबाट श्रीमतीको मृत्यु भएपछि कैलासलाई प्रहरीले शुक्रबार नै पक्राउ गरेको छ । उनले श्रीमतीलाई लाठीले टाउको लगायत शरीरका ठाउँमा कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटका कारण श्रीमतीको मृत्यु भएपछि पक्राउ परेका कैलास बिरुद्ध कर्तव्य ज्यान मुद्धा चलाइएको प्रहरी नायब निरिक्षक यादवले जनाए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post