sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » हावाहुरीले दर्जनौं घर, स्वास्थ्य संस्था र विद्यालयको छाना उडायो

खोटाङ २१ फागुन । हावाहुरीले खोटाङका दर्जनौं घर, स्वास्थ्य संस्था तथा विद्यालयको छाना उडाएको छ । व्यक्तीको घर, विद्यालय, स्वास्थ्य संस्था, बोटबिरुवालाई क्षती पुग्दा लाखौंको नोक्सानी भएको छ । वर्षासँगै चलेको हावाहुरीले जालपास्थित जालपा सामुदायीक अस्पताल र स्वास्थ्यचौकी दोर्पाचिउरीडाँडाको छाना उडाएको छ । सामुदायीक अस्पतालको बरण्डाको छाना उँडाएपछि बिरामीका कुरुवालाई बस्न असहज भएको अस्पताल सञ्चालक समितिका सदस्य प्रतिमान राईले बताउनुभयो । 

हावाहुरीले उत्तरी गाबिस ज्यामीरेस्थित शान्तोद्धय माबि, सिद्ध प्राबि र कालिका प्राबिको छाना उँडाएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । अन्य बिद्यालयमा पुगेको क्षतीको बिवरण आउन बाँकी रहेको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताउनुभयो । 

हावाहुरीले जालपा–३ का मिनुका राई, जालपा–४ का भीमबहादुर राई, हर्कबहादुर राई, जालपा–९ का राजमनी बिक र झनक श्रेष्ठको घरको छाना उँडाएको छ । यस्तै, हावाहुरीले सप्तेश्वर–२ का धनबहादुर राईको घरको जस्ताको छाना उँडाएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधानले बताउनुभयो । हावाहुरी सँगै परेको चट्याङले छितापोखरी–६ का महासुर राईको दुई वटा गोरु मरेको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post