sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » यातायात व्यवसायी सङ्घको अध्यक्षमा स्यान्डे

खोटाङ, १६ चैत । यातायात व्यवसायी सङ्घ खोटाङको अध्यक्षमा विष्णुकुमार श्रेष्ठ (स्यान्डे) चयन हुनुभएको छ । बुधबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट (स्यान्डे) अध्यक्षमा सर्वसहमतीले चयन हुनुभएको हो ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा टेकेन्द्र राई र राजकुमार राई, उपाध्यक्षमा फडेन्द्र राई, निर्मल राई, कृष्ण घिमिरे र यज्ञ श्रेष्ठ चयन हुनुभएको छ । महासचिवमा रामकुमार हिङ्माङ, सचिवमा रामकाजी राई र सहसचिवमा हिराकाजी खत्री चयन हुनुभएको छ ।

२१ सदस्यीय सङ्घको कोषाध्यक्षमा गोविन्द कटवाल र सहकोषाध्यक्षमा दानबहादुर श्रेष्ठ चयन हुनुभएको छ । निर्वाचित कार्यसमितिलाई आगामी चैत २० गते सफत ग्रहण गराइने जनाइएको छ ।
यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कार्यवाहक अध्यक्ष डोलनाथ खनालले गत १४ गते उद्घाटन गर्नुभएको जिल्ला अधिवेशनमा अध्यक्षका आकांक्षी बढी भएकाले बन्दसत्र लम्बिएको स्रोतले जनाएको छ । उद्घाटन सत्र सकिएपछि १५ गते बिहानबाट सुरु भएको बन्दसत्र सबै कार्यसमिति टुङ्गो लगाउँदै बुधबार मध्यन्ह सकिएको हो ।

खोटाङ यातायात व्यवसायी सङ्घमा बस, जीप, ट्रक र ट्याक्टरको छुट्टाछुट्टै समितिका प्रतिनिधि अटाइएको जनाइएको छ । छुट्टाछुट्टै समिति मार्फत सवारी साधन सञ्चालन गर्दा अप्ठ्यारो हुने भएकाले सबै समितिका प्रतिनिधि सङ्घमा आवद्ध गराइएको नवनिर्वाचित महासचिव हिङ्माङले जानकारी दिनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post