sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » यातायात व्यवसायीको अधिवेसन चैत १४ र १५ गते

फागुन ३० खोटाङ । यातायात व्यवसायी सङ्घ खोटाङको सातौं साधारणसभा तथा तेश्रो जिल्ला अधिवेसन आगामी चैत १४ र १५ गते हुने भएको छ । अधिवेसन सदरमुकाम दिक्तेलस्थित समिक्षालय हलमा हुने आयोजकले जनाएको छ ।

दुई दिनसम्म चल्ने अधिवेसनको उद्घाटन यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कार्यवाहक अध्यक्ष डोलनाथ खनालले गर्ने सङ्घका सचिव रामकुमार हिङ्माङले जानकारी दिनुभयो । अधिवेसनले सर्वसहमतीमा नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।

यद्यपि, अध्यक्षमा भने तीन जनाको उम्मेदवारी पर्ने सम्भावना देखिएको छ । वर्तमान अध्यक्ष गणेशविक्रम शाही, उपाध्यक्ष विष्णुकुमार श्रेष्ठ (स्यान्डे) र महासचिव राजकुमार राईले उम्मेदवारी दिने बताएका छन् ।

महासचिवमा वर्तमान सचिव रामकुमार हिङ्माङ सर्वसहत हुने सम्भावना देखिएको छ । अध्यक्षका आकांक्षी सबैले सर्वसहमतीमा नेतृत्व छनोट गरिने बताउँदै आएका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post