sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » म्यादी प्रहरी भर्नाका लागि दौडदा ढलेका युवकको मृत्यु

खोटाङ, १९ चैत । म्यादी प्रहरी भर्ना हुनका लागि दौडने क्रममा बेहोस भएर ढलेका खोटाङका एक युवक मृत्यु भएको छ । केपीलासगढी गाउँपालिका–५ सप्तेश्वरका २४ वर्षीय किशोरकुमार निरौलाको शनिबार बेलुका मृत्यु भएको हो । 

स्थानीय निकायको निर्वाचनका लागि सरकारले भर्ना गर्न लागेको म्यादी प्रहरी छनोटमा दौडदा बेहोस भएर ढलेका निरौलाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दिक्तेलस्थित हस्पिटलचौकबाट हल्छेढुङ्गासम्म दौडनेक्रममा बिच बाटैमा ढलेका निरौलालाई उपचारका लागि जिल्ला अस्पताल खोटाङ पु¥याइएको थियो । 

अस्पताल पु¥याएर उपचार गर्दागर्दै करिब दुई घण्टापछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नविनकिशोर प्रधानले बताउनुभयो । उनको शव परीक्षणका लागि शव परीक्षण गृहमा राखिएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post