sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन

खोटाङ, ३ वैशाख । स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर खोटाङमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेसँगै जिल्लामा कार्यालय स्थापना गरेर सञ्चालन गरिएको हो । 

सदरमुकाम दिक्तेलमा स्थापना गरिएको कार्यालय आइतबार जिल्ला न्यायाधिस शान्तिप्रसाद आचार्यले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभयो । कार्यालयमार्फत निर्वाचन व्यवस्थापन सम्बन्धी सबै काम गरिने जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले जानकारी दिनुभयो ।

कार्यालयमा उम्मेदवार ममोनयन गर्ने, मतदान अधिकृत तोक्ने, कर्मचारी खटाउने, मतगणना गर्ने, विजेता घोषणा गर्ने लगायतका काम हुने जनाइएको छ । जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिका रहेको छ ।

एक लाख १८ हजार ३६ जना मतदाता रहेको जिल्लामा १८० वटा मतदान केन्द्र निर्धारण गरेको छ । यसअघि २०७० सालको संविधानसभाको निर्वाचनमा ९९ हजार ६६४ जना मतदाता थिए ।


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post