sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » कपास उद्योगमा आगलागी हुँदा तेईस लाख बढीको क्षति

खोटाङ, ५ वैशाख । दिक्तेलस्थित रुपाकोट मझुवागढी नगरपालिका–१ हाटडाँडामा सञ्चालित कपास उद्योगमा आगलागी हुँदा तेईस लाख बढीको क्षति भएको छ । भर्खरै खोलिएको कपास उद्योगमा मङ्गलबार दिउसो विद्युत सर्ट भएर आगलागी हुँदा २३ लाख ४५ हजार बराबरको क्षति भएको हो । 

आगलागीबाट उद्योग रहेको घर, मेसिन, कपास, दैनिक उपभोग्य सामग्री, चार थान मोबाईल, दुई थान ग्याँस सिलिन्डर लगायत जल्दा करिब साँढे २३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिनुभयो । दिउसो करिब साँढे बाह्र बजेतिर उद्योगमा लागेको आगो स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले करिब तीन घण्टापछि नियन्त्रणमा लिएका थिए ।

स्थानीय सानुदेवी खड्काले खोल्नुभएको देविथान कपास उद्योग करिब महिनादिनदेखि मात्र सञ्चालनमा आएको थियो । दिक्तेलमा सञ्चालित उद्योगबाट उत्पादित कपास सिरक तथा डसना बनाउन प्रयोग हुँदै आएको थियो । 

नगरपालिकामा रहेको दमकल घटनास्थलमा पुग्न नसक्दा आगलागीबाट केही पनि जोगाउन नसकिएको उद्दारकर्मीले बताएका छन् । साँघुरो बाटो रहेको दिक्तेलबजारमा यसअघि पनि आगलागी भएको ठाउँमा दमकल पुग्न नसक्दा ठूलो क्षति व्यहोर्नुपरेको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post