sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » स्मृति रनिङ कपमा नेपाली सेना सेमीफाईनल प्रवेश

खोटाङ, २५ चैत्र । खोटाङमा जारी अनुप स्मृति रनिङ कप खुला पुरुष फुटबल प्रतियोगीतामा नेपाली सेनाको शेरगण मुढे व्यारेक दिक्तेल सेमीफाईनल प्रबेश गरेको छ ।

शुक्रबार दिक्तेलको माटिकोरे खेलमैदानमा भएको खेलमा सोल्मा स्पोर्टस क्लब सोल्मालाई शुन्यका बिरुद्ध २ गोल गर्दै शेरगणले सेमीफाईनलको यात्रा तया गरेको हो । यस्तै, रुपाकोट मझुवागढी नगरपालिका–१२ लाई २ का बिरुद्ध ४ गोल गर्दै निर्माण व्यवसायी संघ क्वाटरफाईनलमा पुगेको प्रतियोगीताका संयोजक सागर जोशीले बताए । यस्तै, केपीलासगढी गाउँपालिका, खोटेहाङ गाउँपालिका, बुईपा एलाभेन स्पोर्टस् क्लव बुईपा, रुपाकोट मझुवागढी नगरपालिका–६ ‘ए’ र सगरमाथा जनसेवा समाज अर्खौले पनि क्वाटरफाईनल प्रवेश गरेको छ ।

२०६९ साल जेठ १ गते ट्याक्टरले किच्दा ज्यान गुमाएका माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेलका छात्र अनुप राईको सम्झनामा बुधबारदेखि सुरु सर्वाधिक राशीको फुटबल प्रतियोगीता सुरु गरिएको हो । माउण्ट एभरेष्ट बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लवको संयुक्त आयोजनामा सुरु प्रतियोगीतामा जिल्लाका १८ टिमले प्रतिष्पर्धा गरिरहेका छन् ।

आईतबार समापन हुने प्रतियोगीताका बिजेताले नगद १ लाख ११ हजार १११, उपबिजेता टिमले नगद ५५ हजार ५५५ र दुई सेमीफाईनलिस्टले २१ हजार १११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post