sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » अनुप स्मृति कपमा बुईपा एलाभेन स्पोर्टसको जित

खोटाङ, २७ चैत्र । खोटाङमा जारी प्रथम अनुप स्मृति रनिङ कप खुला पुरुष फुटबल प्रतियोगीताको पहिलो उपाधि बुईपा एलाभेन स्पोर्टस क्लब बुईपाले हात पारेको छ ।

आईतबार सम्पन्न खेलमा नेपाली सेनाको शेरगण मुढे व्यारेक दिक्तेललाई ० का बिरुद्ध ३ गोल गर्दै बुईपा एलाभेन स्पोर्टस क्लवले प्रतियोगीताको पहिलो उपाधिमा कब्जा जमाएको हो । हारसँगै शेरगण मुढे व्यारेकले दोश्रो स्थान प्राप्त गरेको छ । जिल्लाकै सर्वाधिक राशीको प्रतियोगीतामा खोटेहाङ गाउँपालिका र निर्माण व्यवसायी संघ सेमीफाइनलिष्टमा खुम्चिएका छन् ।

प्रतियोगीताका बिजेतालाई नगद १ लाख ११ हजार १११, उपबिजेता टिमलाई नगद ५५ हजार ५५५ र दुई सेमीफाईनलिस्टलाई २१ हजार १११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगीताका उत्कृष्ट डिफन्डर, गोलकिपर, मिडफिल्डर, स्ट्राईकर, सर्वाधिक गोलकर्ता लगायत ९ बिद्याका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार प्रदान गरिएको छ ।

चार वर्षअघि ट्याक्टरले किच्दा ज्यान गुमाएका छात्र अनुप राईको स्मृतिमा माउण्ट एभरेष्ट बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लवको संयुक्त आयोजनामा प्रतियोगीता आयोजना गरिएको हो । प्रतियोगीतामा जिल्लाका १८ टिमले प्रतिष्पर्धा गरेका आयोजक समितिका संयोजक सागर जोशीले बताउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post