sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » खोटाङ सेवा समाज कतारको अध्यक्षमा खत्री, एम्बुलेन्स अभियानका सहयोगीहरू सम्मानित

रुद्र शर्मा


 कतार २२ चैत । गत शुक्रबार ३१ मार्च २०१७ का दिन दोहा नज्मा स्थित अल नख्यान रेस्टुरेन्टमा सम्पन्न भएको खोटाङ सेवा समाज दोहा कतारको ऐतिहासिक नवौं अधिबेशन बन्दसत्रले अध्यक्षमा तिलाबहादुर खत्रीलाई निर्बाचित गरेको छ ।



त्यसैगरी उपाध्यक्षमा एकराज राई, रुद्रप्रसाद आचार्य महासचिव कैलाश श्रेष्ठ सचिव प्रशुराम श्रेष्ठ (पवन) कोषाध्यक्ष नारायण खड्का सहकोषाध्यक्ष दिनेश कार्की र अन्य थप कार्यसमिति सदस्य सहित २१ जनाको नबनिर्बाचित कार्यसमिति निर्बिरोध निर्बाचित गरेको सस्थाका नवनिर्बाचित महासचिव कैलाश श्रेष्ठले जानकारी दिएका छन।


वरिष्ठ ब्यक्तित्व बिल गुरुङ,धिरज चाम्लिङ र चन्द्रसेर राई रहेका निर्बाचन समितिले सस्थाको बिधान अनुसार बन्दसत्र सुरु हुने बितिक्कै उम्मेदवारी आबेदन खुल्ला गरिएको आह्वान गरि इच्छुक तथा योग्यता पुगेका ब्यक्ति हरुले अध्यक्ष १, उपाध्यक्ष २ महासचिव १ सचिव १ कोषाध्यक्ष १ सह-कोषाध्यक्ष १ सहित १४ जना खुल्ला सदस्य पद गरि २१ जनाको लागि आबेदन खुल्ला गरिएको सूचना प्रकाशन गरेको थियो ।


संस्थाको बिधान पालना गरि निर्बाचन समितिले तयार पारेको आचारसंहिता भित्री रहि कुनैपनी पदमा आबेदन दिन भनिएको आबेदनमा आबेदन दिने कसैको पनि पद बाझिन नआएको तथा दाबी बिरोध र उजुरी नपरेकोले आबेदन दिने सबै उम्मेदवारहरु लाई निर्बाचन समितिका प्रमुख आयुक्त बिल गुरुङले निर्बिरोध निर्बाचित भएको घोषणा गरेका थिए।

एम्बुलेन्स अभियानमा सहयोग गर्ने दाताहरु सम्मानित
अध्यक्ष प्रकाश गुरुङको सभापतित्वमा भएको कार्यक्रमलाई महासचिव रुद्रप्रसाद आचार्यले संचालन सन्चालन गरेको कार्यक्रममा उपाध्यक्ष तिलाबहादुर खत्रीले स्वागत मन्तब्य राख्दै उपस्थिति सबै लाई स्वागत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि सस्थाका सल्लाहकार समेत रहेका एनआरएनए गल्फ उप संयोजक उमेश अधिकारी बिशेष अतिथि सस्था संरक्षक रामबहादुर गुरुङ प्रमुख सल्लाहकार प्रेमप्रशाद भट्टराई सस्थाका सल्लाहकार समेत रहेका एनआरएनए एनसिसि कतारका अध्यक्ष बिनेश तामाङ, एनआरएनए आइसिसि सदस्य बिनोद भट्टराई वरिष्ठ समाजसेवी तथा बुद्धिजीवी बिल गुरुङ युबा समाज सेबी ईश्वर काफ्ले रहेका थिए भने अतिथिहरुमा सस्थाका सल्लाहकारहरु चन्द्रसेर राई,हरि बस्नेत,रबिन राई,भाइकाजी गुरुङ, मुगा पुरी,चानक पोख्रेल,तिर्थसङ्गम राई,लगायत दोहामा स्थापित जिल्ला सस्थाका संस्था प्रमुखहरु विभिन्न बैचारिक सगठनका प्रमुखहरु जातिय तथा मातृसस्थाका प्रमुख तथा प्रतिनिधि हरुको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

खोटाङ सेवा समाज दोहा कतारले गृह जिल्ला खोटाङ दिक्तेलमा एम्बुलेन्स सर्बसुलभ उपलब्ध गराउन संचालन गरिएको एम्बुलेन्स अभियानका सहयोगी १२० जना दाताहरु लाई सोही कार्यक्रममा सम्मान समेत गरिएको थियो । सम्मानित हुने ब्यक्तित्वहरुलाइ सम्मानपत्र प्रदान गरि खादा र दोसल्ला ओढाइ सम्मान गरिएको हो ।

उक्त एम्बुलेन्स अभियान बाट सस्थाले १८ लाख ७६ हजार ३ सय ६४ नेपाली रुपैयाँ संकलन गरेको तथ्यांक रहेको कोषाध्यक्षको प्रतिबेदनमा उल्लेख छ, भने एम्बुलेन्स खरिद गरि सकिएको र स्वस्थ्य मन्त्रालयको परिबर्तित नियामवाली अनुसार प्रक्रिया पूरा गर्न केही समय लाग्ने हुदा उक्त प्रक्रिया पूरा गरि छिट्टै संचालनमा आउने बताइएको छ । कार्यक्रम स्थलमा खोटाङे तथा गैर खोटाङेको बाक्लो उपस्थितिले भरी भराउ देखिन्थे भने कार्यक्रम ऐतिहासिक भएको सस्थापक सदस्य दिलिप राईले बताए । उनले भने, यो उत्साह आठौं कार्यसमितिले गरेको राम्रो कामको उपलब्धि हो ।



सोही अबसरमा सामाजिक कार्यमा अग्रणी भुमिका खेल्नु हुने वरिष्ठ समाजसेवी तथा बुद्धिजीवी बिल गुरुङ लाई कार्यक्रमको सभापतित्व गरिरहेका अध्यक्ष प्रकाश गुरुङ र विशेष अतिथि तथा प्रमुख सल्लाहकार प्रेमप्रशाद भट्टराईले खादा र दोसल्ला ओढाएर मानर्थ सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो। उपाध्यक्ष एकराज राइले खोटाङ जिल्लाको एक चिनारी प्रस्तुत गरेका थिए त्यस्तै सस्थाका
महासचिव रुद्र शर्मा (आचार्य)ले सगठनिक प्रतिबेदन प्रस्तुत गरे भने कोषाध्यक्ष नारायण खड्काले आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै छलफलमा सहभागी लाई सर्बसम्मत पारित गर्न अनुरोध गरेका थिए ।

आर्थिक प्रतिबेदन माथीको छलफलमा आर्थिक प्रतिबेदन ठिक रहेको निष्कर्ष छलफलमा सहभागी हरुले बताए पछि आर्थिक प्रतिबेदन पारित गरिएको थियो। अतिथि तथा बिशेष अतिथि हरुले शुभकामना मन्तब्यमा खोटाङ जिल्लाका बारेमा जाने बुझेका कुराहरु राख्दै बहुप्रतिभाका धनी खोटाङका जनताहरु रहेको साथै दोहा कतारमा आज भन्दा १८ बर्ष अगाडि देखि नै सामाजिक र सामुहिक रूपमा सस्थागत रूपमा बिकाश गर्न सिकाउने सस्थाका सस्थापक माधब किराँती,रामबहादुर गुरुङ लगायतका अग्रजहरुको दुरदर्शिता अहिले आएर झनै स्पष्ट भएकोले १८ बर्ष अगाडिको दुरदर्शिता पुष्टि भएको बताए ।

खुल्लासत्रको कार्यक्रमको अन्तमा सस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति प्रकाश गुरुङले आठौं कार्यसमितिका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरु लाई आफ्नो कार्यकाल सफल र ऐतिहासिक बनाउन सहयोग गरेकोमा आभारि रहेको बताउदै सस्थाका सल्लाहकार समिती एम्बुलेन्स अभियानका सहयोगी दाताहरु प्रती धन्यवाद ब्यक्त गर्दै नया आउने नवौं कार्यसमितिले पनि आगामी दिनमा ऐतिहासिक काम गरेर समाजलाई अझ गौरव र उचाइमा पुर्याउने बिश्वास ब्यक्त गरेका थिए । औपचारिक खुल्ला सत्रको कार्यक्रम सभापति प्रकाश गुरुङले समापन भएको जानकारी तथा आठौं कार्यसमिति विघटन गरेको घोषणा गरे लगतै नवौं अधिबेशन मार्फत नया नेतृत्व चयनका लागि बन्दसत्रमा दोस्रो चरणको कार्यक्रम प्रवेश गरेको थियो ।


एम्बुलेन्स अभियानका सहयोगिहरुलाई पचौ चरणमा सम्मन गरेको थियो l रुपया ५ हजर देखी १५ रुपया सम्म सहयोग गर्ने सहयोगि हरुलाई सम्मान पत्र र खदा ओढाइ सम्मान, १५ हजार एक देखी ३५ हजार सम्मा सहयोग गर्ने सहयोगि हरुलाई तम्रा पत्रका साथ सम्मान पत्र र खदा ओढाइ सम्मान, ३५ हजार १ रुपया देखी ६५ हजार सम्मान सहयोग गर्ने सहयोगि हरुलाई ताम्रा फ्रेम सहितको सम्मान पत्र र दोसल्ला ओढाइ सम्मान र ६५ हजार १ देखी माथि सहयोग गर्ने सहयोगि हरुलाई ताम्रा पत्र र दोसल्ला ओढाइ सम्मान गरेको थियो ताम्रा पत्र दुवरा सम्मानित हुने सहयोगि उमेश अधिकारि सहयोग रकम १ लाख ५ हजर र प्रेम प्रसाद भट्टराइ सहयोग रकम १ लाख १० हजार सहयोग गरेका थिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post