sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » कार्यकर्ता कुटपिट गर्नेमाथि कारबाही गर्न कांग्रेसको माग

खोटाङ, बैसाख १३ । नेपाली कांग्रेस खोटाङले नेपाल तरुण दलका बुईपा संयोजक सुनिल श्रेष्ठलाई कुटपिट गर्ने एमाले कार्यकर्तामाथि कारबाही माग गरेको छ । रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाको पञ्चरदोबाटोमा शुक्रबार एमालेले आयोजना गरेको कार्यक्रमस्थल बाईकमा पार गर्नेक्रममा श्रेष्ठलाई कुटपिट गरेको भन्दै कांग्रेसले एमाले कार्यकर्तामाथि कारबाही माग गरेको हो ।

आईतबार साँझ पत्रकार सम्मेलन गरेर कांग्रेस उपसभापति नवराज केसीले गुण्डागर्दीको शैलीमा आफ्ना कार्यकर्तामाथि कुटपिट गर्ने, कांग्रेसको झण्डा खोसेर च्यातेर फाल्दै लखेट्ने दोषीलाई हालसम्म लुकाइछिपाइ राखेको बताए । झण्डा बोकेका कांग्रेस कार्यकर्ताले मोटरबाईकमा ओहोर–दोहोर गरेर आफ्नो चुनावीसभामा अवरोध पु¥याएको भन्दै एमालेले विज्ञाप्ती निकालेको दोश्रो दिन कांग्रेसले खण्डन गरेको हो ।

कांग्रेस कार्यकर्ताले बाईकमा पार्टीको झण्डा राखेर ओहोर–दोहोर गर्दै कार्यक्रममा अवरोध पु¥याएको, दिक्तेलबाट घटनास्थल जानेक्रममा कांग्रेस नेताले नुनथला प्रहरीचौकीको असईमाथि हातपात गरेको, बर्दी च्यातिदिएको, दुर्छिम स्वास्थ्यचौकीको एम्बूलेन्स कार्यकर्ता ओसार्न प्रयोग गरेको, बुईपाको आहालेचौंरमा एमालेको झण्डा जलाइदिएको भन्दै एमालेले विरोध जनाएको थियो । उपसभापति केसीले घटनाको वास्तबिकतालाई बंग्याएर कांग्रेस नेतालाई एमालेले लाञ्छना लगाएको दाबी गरे । उनले गुण्डागर्दीमा संलग्न रहेर फरार रहेका एमाले कार्यकर्तालाई नियन्त्रणमा लिएर कारबाही गर्न प्रशासन समक्ष आग्रह गरेका छन् ।

पञ्चरदोबाटोमा एमालेले आयोजना गरेको कार्यक्रमछेउबाट झण्डा सहितका कांग्रेसका कार्यकर्ता बाईकमा ओहोर दोहोर गरेको निहुमा कांग्रेस–एमालेबीच विबाद सुरु भएको हो । कांग्रेसले काम बिशेषले कार्यक्रमस्थल पार गर्ने आफ्नो कार्याकर्तामाथि कुटपिट भएको दाबी गरेको छ भने एमालेले कार्यक्रमलाई बिथोल्ने मनसायले पटक–पटक कांग्रेसको झण्डा राखेको बाईक ओहोर दोहोर गराएको दाबी गरेको छ । घटनाको विषयलाई लिएर कांग्रेस–एमाले समाधान खोज्नुको सट्टा प्रतिशोध र आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

‘एमालेको कार्यक्रम छेउबाट झण्डा बोकेका कांग्रेस कार्यकर्ता ओहोरदोहोर गरेको’ विषयमा सुरु भएको बिवादले उग्र रुप लिने सम्भावना बढेपछि प्रशासनले शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोली शुक्रबार नै घट्नास्थलमा पु¥याएको थियो । बिवादलाई शान्त बनाउनका लागि घट्नास्थल पुगेका डिएसपी नबिनकिशोर प्रधान पनि आइतबार मात्र फर्किएका छन् । आफ्ना कार्यकर्तामाथि कुटपिट गर्ने व्यक्तीलाई कारबाही गर्नुपर्ने माग गर्दै कांग्रेस नेता तथा कार्यकर्ताले प्रहरीचौकी बुईपा घेराउसम्म गरेका थिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post