sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » चट्याङ लागेर एकै घरका पाँच जना गम्भीर घाइते

खोटाङ, १२ वैशाख । चट्याङ लागेर खोटाङमा एकै घरका पाँच जना गम्भीर घाइते भएका छन् । गत शनिबार दिउसो पानीसँगै परेको चट्याङले रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाकी ३० वर्षीया सीतादेवि बुढाथोकी र उहाँको चार जना छोरीहरु गम्भीर घाइते भएका हुन् ।

पानी परेको समयमा घरभित्र बसिरहेको अवस्थामा घरैमा चट्याङ पर्दा पत्नीसँगै छोरीहरु आठ वर्षीया निर्मला, पाँच वर्षीया सुस्मिता, तीन वर्षीया अस्मिता र एक वर्षीया निरुता बुढाथोकी गम्भीर घाइते भएको सीतादेविको पति रमेश बुढाथोकीले जानकारी दिनुभयो ।

दिउसो करिब तीन बजेतिर परेको चट्याङले लागेर बुढाथोकी परिवारको एक माउ भैंसीसमेत मरेको प्रहरीले जनाएको छ ।

चट्याङले पु¥याएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब निरीक्षक मनोज यादवले जानकारी दिनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post