sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » सङ्घीय समाजवादी फोरम नेपालको अध्यक्षमा नवीन राई

खोटाङ, २१ चैत । सङ्घीय समाजवादी फोरम नेपाल खोटाङको अध्यक्षमा नवीन राई चयन हुनुभएको छ । दिक्तेलमा सोमबार साँझ सम्पन्न पार्टीको प्रथम जिल्ला अधिवेशनले राईलाई अध्यक्षमा सर्वसहमतीले चयन गरेको हो । 

एकानब्बे सदस्यीय समितिको उपाध्यक्षमा टंकबहादुर थापा र पिके खम्बु, सचिवमा नैनबहादुर कटवाल, सहसचिवमा मविन्द्र राई र कोषाध्यक्षमा निर्मल राई चयन हुनुभएको छ । चैत १९ गते केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्नुभएको जिल्ला अधिवेशनले कमानसिं राईको संयोजकत्वमा पन्ध्र सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

तीन दिनसम्म चलेको बन्दसत्रले संविधान संशोधनका लागि सरकारलाई दबाब दिन विभिन्न संघर्षका कार्यक्रमहरु समेत तयार गरिएको नवनिर्वाचित अध्यक्ष राईले जानकारी दिनुभयो । “सरकारले संविधान संशोनमा चासो दिएको छैन ।” उहाँले भन्नुभयो, “यो अपूर्ण संविधान संशोधन गराउन पार्टीले विभिन्न संघर्षका कार्यक्रमहरु तय गरेको छ ।”

दिक्तेलस्थित सगरमाथा होटलमा सोमबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी पार्टीका केन्द्रीय सदस्य रमेश राईले संघीय गठबन्धनले उठाएका माग पुरा नभएसम्म निर्वाचन गर्न नदिने बताउनुभयो । “हामी निर्वाचन बिरोधी होइनौं ।” उहाँले भन्नुभयो, “संविधानले सबैको अधिकार स्थापित गरेको छैन । त्यसैले पहिले संविधान संशोधन गरेर मात्रै निर्वाचन गर्न सरकारलाई दबाब दिइरहेका छौं ।”

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post