sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » चुनाव चिह्न माग गर्दै निर्वाचनमा धर्ना

खोटाङ, २१ चैत्र । संसदमा प्रतिनिधित्व नगर्ने दलले आफ्नो चुनाव चिह्नबाट लड्न नपाउने प्रावधान बिरुद्ध बिरोध जनाउँदै नयाँ शक्ती पार्टी नेपाल खोटाङले जिल्ला निर्वाचन कार्यालयमा धर्ना दिएको छ ।


आफ्नै चुनाव चिह्नबाट लड्न नपाउने भनिएका दलहरुलाई स्थानीय तहको निर्वाचनमा दलीय चुनाव चिह्न दिनु पर्ने माग गर्दै नयाँ शक्तीले सोमबार निर्वाचन कार्यालयमा धर्ना दिएको हो ।

 मधेशी, थारु, आदिबासी जनजाती लगायतका असन्तुष्ट पक्षको माग सम्बोधन गरेर चुनाव गराउनुको सट्टा वर्तमान सरकार र निर्वाचन आयोग स्थानीय तह निर्वाचन ऐन २०७३ मार्फत संबिधानको मर्म विपरित राजनैतिक पार्टीहरुलाई चुनाव चिह्नबाट बञ्चित गराउन अग्रसर बनेको नयाँ शक्तीका नेता मदन राईले बताए । 
नयाँ शक्तीले सबै दलहरुलाई निर्वाचनमा सहभागी हुने वाताबरण चाँडोभन्दा चाँडो बनाउन सरकारलाई आग्रह गरेको छ । नयाँ शक्तीले संयोजक बाबुराम भट्टराई लगायतलाई पक्राउ गरेर प्रहरीले दुव्र्यबहार गरेको भन्दै निन्दा गरेको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post