sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » नेपाली सेनाका एक जवान पाँच दिनदेखि सम्पर्क बिहिन


खोटाङ, २१ चैत । घर बिदा गएर ब्यारेक फर्कदै गरेका नेपाली सेनाका एक जवान पाँच दिनदेखि सम्पर्क बिहिन भएका छन् । सुनसरीको बराह नगरपालिका–५ भरौल घर भइ खोटाङको दिक्तेलस्थित शेरगण मुडे ब्यारेक मार्फत सोलुखुम्बुको डाँडाखर्क पोष्टमा कार्यरत ३३ वर्षीय अर्जुन थापा गत चैत १६ गतेदेखि सम्पर्क बिहिन भएका हुन् ।

चैत १५ गते हाजिर हुनेगरी १५ दिनको घर बिदामा घर गएका थापाले दुई दिनपछि चैत १७ गते मात्र ब्यारेक आइपुग्ने बताएका शेरगण मुडे ब्यारेकले जनाएको छ । चैत १६ गते नै घरबाट हिँडेका उनले सोही दिन बेलुका साँढे पाँच बजे ओखलढुङ्गा आइ पुगेर टेलिफोन सम्पर्क गरेको शेरगण मुडे ब्यारेकले जानकारी दिएको छ ।

अहिले उनले प्रयोग गर्ने ९८०८०९८३९० नम्बरको मोबाइलसमेत सञ्चालनमा नरहेको उनका दाजु गणेश थापाले जानकारी दिनुभयो । “बिहान घरबाट गाडी चढेर हिँडेका उनले ओखलढुङ्गा पुगँे भनेर बेलुका सम्पर्क गरेको थियो ।” उहाँले भन्नुभयो, “बेलुका मोवाइलमा बोलेपछि अहिलेसम्म सम्पर्क नहुँदा घरमा रुवाबासी भएको छ ।”

घरबाट सन्चै हिँडेका भाइ अहिलेसम्म सम्पर्कमा नआएपछि खोजी कार्यलाई ब्यापक बनाइएको दाजु गणेशको भनाइ छ । उनको खोजीमा परिवार, ईष्टमित्र तथा नातेदारसमेत लागी परेका छन् ।

थापा नेपाली सेनाको पूर्वी पृतना इटहरीमा दरबन्दी भइ शेरगण मुडे ब्यारेकमा काजमा खटिएर खोटाङ आएका थिए । ब्यारेक आउँदै गरेका जवान अहिलेसम्म आइ नपुगेपछि सबैमा जानकारी गराइसकिएको र खोजी कार्यलाई तीब्रता दिइएको गणले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post