sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » साकेला गाउँपालिकाकी उपप्रमुख उम्मेदवार बिर्सिका राईले मागिन् सहयोग

खोटाङ १४ वैशाख
जिल्लास्थित साकेला गाउँपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट उपप्रमुख पदकी उम्मेदवार बिर्सिका राईले निर्वाचनका लागि सबैसँग सहयोग मागेकी छिन् ।

आगामी ३१ गते हुन गईरहेको निर्वाचनमा जिताउन आफ्नो पक्षमा मतदान गर्नका साथै आर्थिक भौतिक नैतिक र सुझाव सल्लाह समेत उनले मागेकी छिन् ।

'स्थानीय निर्वाचनको सिलसिलामा खोटाङको साकेला गाउँपालिकामा लागिरहेकी छु । नेटवर्क समस्याको कारण सहज रुपमा सम्पर्क हुन सकिरहेको छैन । सूचना वेलामा प्राप्त हुन सकिरहेको छैन' उप्रमुख पदकी उम्मेदवार राईले सामाजिक सजाल फेसबुकमार्फत भनेकी छिन् 'सूचना र सहज सम्पर्क हुन नसकेपनि यतिवेला मलाई आम आमा—बाबा, दाजुभाई, दिदि बहिनीहरुको भोटको साथै निर्वाचन जित्न आर्थिक, भौतिक, नैतिक सहयोग र सुझावको आवश्यकता छ । साकेलामा रहनुहुने र विस्वको जुनसुकै स्थानमा रहनुहुने सवैले सहयोग गरेर एक पटक अवसर दिन हार्दिक हार्दिक अपिल गर्दछु ।'

पार्टीले सोकला गाउँपालिकाको उम्मेदवारहरू आज औपचारिक रुपमा सार्वजनिक गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post