sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » खोटाङका टंक राईले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी र माओवादी केन्द्रबिच एकता

काठमाडौं ३१ चैत
खोटाङका जिल्लाका टंक राईले नेतृत्व गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी र प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गर्दै आएको नेकपा माओवादी केन्द्रबिच पार्टी एकता भएको छ ।

विगत चार दशकभन्दा बढी समयदेखि नेपाल कम्युनिष्ट आन्दोलनमा सक्रिय राईले नेतृत्व गरेको पार्टीसँग बिहीबार माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा औपचारिक कार्यक्रम आयोजना गरी एकता घोषणा गरिएको हो ।

एकता घोषणासँगै टंक राईलाई पार्टी हेडक्वार्टर सदस्यको जिम्मेवारी दिइएको छ । त्यसैगरी रामहरि कार्की र अम्बेर राईलाइ पोलिटव्यूरो सदस्यको जिम्मेवारी दिइएको छ ।

टंक राई  खोटाङबाट ०४८ र ०५१  मा नेकपा एमालेका सांसद बनेका थिए । एमाले बिभाजनपछि उनी नेकपा मालेमा थिए । माले महासचिव सीपी मैनालीसँग बैचारिक मतभिन्नता पछि राईले नेपाल कम्युनिष्ट पार्टी गठन गरी निर्वाचन आयोगमा दर्तासमेत गराएका थिए । राई नेतृत्वको पार्टीसँग पार्टी एकतासँगै पूर्वी नेपालका खोटाङ, ओखलढुंगा र भोजपुरमा माओवादी केन्द्रको स्थिति मजबुद बनेको अर्का हेडक्वार्टर सदस्य गोपाल किरातीले बताए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post