sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » संविधान संशोधन गरेर निर्वाचन : उपेन्द्र यादव

खोटाङ, १९ चैत्र । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान शंसोधन नगरी निर्वाचन गर्न नहुने बताउनु भएको छ ।

 शनिबार संघीय समाजबादी फोरम खोटाङको प्रथम एकता अधिबेसन उदघाटन गर्दै अध्यक्ष यादवले संबिधान संशोधन नगरी जबरजस्त गरिने निर्वाचनले मुलुकलाई झन् संकटतर्फ धकेल्ने बताउनु भयो । राजनैतिक द्धन्द्धलाई थाँती राखेर निर्वाचनमा गए मुलुकको हित नहुने यादवको भनाई थियो । उहाँले कांग्रेस, एमाले र माओबादीका एकै जातका नेताहरुले जनतालाई हत्या गरेर आफु अनुकूल बनाएको संबिधान सबैकालागि स्वीकार्य नहुने बताउनुभयो । 

अध्यक्ष यादवले हिमाल, पहाड र तराईको स्वीकार्य संबिधान बनाउनका लागि संबिधानको त्रुटी र कमजोरी सच्याइनु तथा बिभेदकारी प्राबधानलाई शंसोधन गर्नुको बिकल्प नभएको अध्यक्ष यादवले बताउनुभयो । राजा ज्ञानेन्द्रको कालमा पनि जबरजस्त स्थानीय निकायको चुनाव गराउँदा समस्या हल हुनुको सट्टा झन् बल्झेको उल्लेख गर्दै अध्यक्ष यादवले त्यही घट्ना दोहो¥याउन नहुने बताउनुभयो । 

यस्तै, संघीय समाजबादी फोरमका बरिष्ठ नेता अशोक राईले अहिलेको आवश्यकता निर्वाचनभन्दा सहमती भएको बताउनुभयो । पार्टीका उपाध्यक्ष युवराज कार्कीले भ्रष्ट नेतृत्वका कारण देश सँधै पछि परेको उल्लेख गर्नुभयो । उप–महासचिव दानबहादुर बिकले कांग्रेस, एमाले र माओबादीले शिल्पी समुदायलाई सँधै दलित बनाइरहेको बताउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post