sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » खोटाङमा ५ हजार बालबालिका विद्यालय बाहिर

रामधन बेदना/खोटाङ
बैशाख–२२ । खोटाङमा विद्यालय उमेर समुहका करिब ५ हजार बालबालिका बिद्यालय बाहिरै रहेको पाइएको छ । शिक्षा बिभागले हालै प्रकाशन गरेको तथ्याङक अनुसार जिल्लाका ४ हजार ८ सय १० बिद्यालय उमेरका बालबालिका बिद्यालय बाहिरै देखिएका हुन् ।

२ नगरपालिका र ८ गाउँपालिका कायम भएको जिल्लामा सञ्चालित नीजि बिद्यालय बाहेक ४ सय ९० सामुदायिक बिद्यालयमा करिब ५७ हजार बिद्यार्थी मात्र भर्ना भएको उल्लेख छ । यद्यपी, तथ्याङकमा ठुलो मात्राका बालबालिका बिद्याालय बाहिर देखिए पनि त्यति धेरै बालबालिका बिद्यालय बाहिर नभएको जिल्ला शिक्षा कार्यालय खोटाङका शाखा अधिकृत ठाकुरप्रसाद दाहालको भनाई छ ।

 शाखा अधिकृत दाहालका अनुसार जिल्लामा सञ्चालित अधिकांश निजी बिद्यालयहरुले बिद्यार्थी संख्या उल्लेखित तथ्याङक पेश नगर्नाले यति धेरै संख्याका बालबालिका बिद्यालय बाहिर देखिएका हुन् । जिल्लामा हाल २९ वटा निजी बिद्यालय सञ्चालनमा रहेका छन् । जसमध्ये ५–६ वटाले बाहेक बिद्यार्थी संख्याको तथ्याङक उपलब्ध गराएको छैन । जिल्ला शिक्षा कार्यालयका अनुसार उपलब्ध निजी बिद्यालयका बिद्यार्थीलाई पनि भर्ना भएको संख्या ५७ हजारमा जोडिएको छैन ।

बिद्यालय उमेरका बालबालिकालाई बिद्यालय भर्ना अभियान
ठुलो संख्यामा बिद्यालय उमेरका बालबालिका बिद्यालय बाहिरै रहेको पाईए पछि जिल्ला शिक्षा कार्यक्रमले बिशेष किसिमको बिद्यालय भर्ना अभियान सञ्चालन गरेको छ । नयाँ बर्षको शुरुवातसँगै शिक्षाले बिद्यालय भर्ना तथा बिद्यालयमा टिकाईराख्न अभिभाबक शिक्षा अभियान जिल्लाभरका शैक्षिक संस्थाहरुमा जारी गरेको हो ।
‘बिद्यालयको शैक्षिक गुणस्तर सुधार तथा बिद्यालय बाहिर रहेका बालबालिकालाई बिद्यालय भर्ना एबं टिकाईराख्न अभिभाबक शिक्षा कार्यक्रम’ जिल्लाभर अभियानको रुपमा सञ्चालन गरिएको जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपालको भनाई छ । जिशिअ नेपालका अनुसार बैशाख १५ सम्म घरदैलो कार्यक्रम गरि अगाडी बढाईएको अभियान अन्तर्गत बैशाख महिनाभर र जुनसुकै समयमा पनि बिद्यालय भर्ना अभियान जारी राखिने छ ।
बिद्यालय उमेरका सत प्रतिशत बालबालिकालाई बिद्यालयमा ‘झिकाउने, टिकाउने, सिकाउने र बिकाउने’ नीति अनुरुप अभियान सञ्चालन गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
पछिल्लो समय जिल्लामा ब्यप्त शैक्षिक बिकृति न्युन हुनका साथै शिक्षा क्षेत्रमा उल्लेख्य सुधार भएको अभिभावकहरु बताउँछन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post