sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » स्काभेरले लडाएको ढुङ्गाले किचेर महिलाको मृत्यु

खोटाङ, २० वैशाख । स्काभेटर प्रयोग गरेर सडक निर्माण गर्नेक्रममा झरेको ढुङ्गाले किचेर खोटाङमा एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिका–७ की ४२ वर्षीया कुरुङसरा राईको मङ्गलबार मृत्यु भएको हो ।

दिउसोको समयमा बाख्रा गोठाला गएकी कुरुङसराको माथिबाट झरेको ढुङ्गाले किच्दा घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । महिलाको मृत्युपछि सडक निर्माणमा प्रयोग गरिएको स्काभेटर चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताउनुभयो ।

मृत महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । हलेसी तुवाचुङ नगरपालिका–९ स्थित सल्लेपोखरीदेखि महादेवबेसी जोड्ने सडक निर्माणका लागि स्काभेर प्रयोग गरिएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post