sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » » » पूर्वसभाषद राई दिक्तेलको मेयर उम्मेदवार

खोटाङ ३ जेठ

नेकपा माओवादी केन्द्रले रुपाकोट मझुवागढी (साविक दिक्तेल) नगरपालिकाका लागि मेयरमा दुर्गा जयन्ती राईलाई उठाउने भएको छ ।

स्थानीय तहको दोस्रो चरण अन्तर्गत ३१ जेठमा हुन लागेको निर्वाचनका लागि माओवादी केन्द्रले रुपाकोट मझुवागढी नगरपालिकामा मेयरमा दुर्गाजयन्ती राई र उप–मेयरमा विनोद आचार्यलाइ उम्मेदवार बनाउने भएको हो ।

दुर्गा जयन्ती पूर्वसभाषद समेत हुन् भने कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि आवद्ध छिन । मेयरकाे उम्मेदवार सर्वसम्मत चयन भएकाे र मेयरमा महिला समेत उठाएकाले नगरपालिकामा दुर्गाजयन्तीले जित्ने अनुमान गरिएकाे छ । नेर्पा निवासी उनी लामो समयदेखि दिक्तेललाई कार्यक्षेत्र बनाएर बस्दै आएकी छिन् । विद्यार्थी संगठनका क्रममा उनले नगरभित्रका प्राय सबै वडामा आफ्नो संगठन विस्तार गर्दै वर्चस्व कायम गर्न समेत सफल भएकी थिइन् । उनको सक्रियता देखेर नै माओवादीले पहिलो संविधानसभामा समानुपातिक कोटामा उनलाई सभाषद समेत बनाएको थियो । इमान्दार स्वभावकी दुर्गाजयन्ती सबैसँग मिजासिलो व्यवहारका कारण विपक्षी संगठनहरुका कार्यकर्ताबिच पनि आफ्नो छाप छाड्न सफल भएकी पात्र हुन् ।

माओवादी केन्द्रले पार्टीको एजेन्डालाई गाउँ/नगरमा कार्यान्वयन गराउन अाफ्नाे पार्टीका उम्मेदवारलाइ अत्याधिक बहुमतले विजय गराउन नगरवासीसँग अपिल समेत गरेका छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post