sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » » पहिलो खोटाङे माओवादी शहिद 'ठुलकुमार'की छोरी चुनावी मैदानमा

खोटाङ ९ जेठ । 'ठुलकुमार' खोटाङमा परिचित नाम हो । उनी जिल्लामा माओवादी जनयुद्ध सुरुवात गर्ने र जनयुद्धका क्रममा ज्यान गुमाउने पहिलो खोटाङे भएर मात्र चर्चित थिएनन् । जनयुद्धमा बन्दुक नचलाई जनतामा सचेतना र जागरुकता पैदा गरेर युद्ध जित्नुपर्छ भन्ने उनकाे सोचका कारण पनि चर्चित थिए ।

दोर्पाचिउरीडाँडा निवासी ठुलकुमार श्रेष्ठकाे जनयुद्वकाे सुरुवातकै साथी थिए निर्मलीडाँडा निवासी दिलकाजी कार्की । उनीहरु दुवैको सोच समान थियो । दुवैले युद्धमा काटमार र हत्या हिंसालाई कहिल्यै प्राथमिकता दिएनन् । तर,  दुवै नेता तत्कालिन राज्य सत्ताबाट मारिए । २०५५ साल पुस २७ गते शहादत प्राप्त गरेका तिनै ठुलकुमारकी कान्छी छोरी अहिले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेकी छिन् ।
सदस्यकी उम्मेदवार क्रान्ति श्रेष्ठ

अढाई वर्षको छँदै सशस्त्र द्वन्द्वकालमा बुवा गुमाएकी उनी खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाकी २२ वर्षीय क्रान्ती श्रेष्ठले वडा सदस्यमा उम्मेदवारी दिएकी हुन् । 

जिल्लामा माओवादी जनयुद्ध सुरुवात गर्ने र जनयुद्धका क्रममा ज्यान गुमाउने पहिलो खोटाङे ठुलकुमारको पार्टीको कार्यक्रमको लागि खोटाङबाट उदयपुरको कटारी जाने क्रममा उदयपुरको तावाश्रीमा प्रहरीको गोलीबाट ज्यान गएको थियो ।

बाबुको मृत्युपछि क्रान्तीसहित उनका दुई दिदीलाई आमा शान्ती श्रेष्ठले लालनपालन गरेर हुर्काएकी हुन् ।
हाल दिक्तेल बहुमुखी क्याम्पसमा बिए दोश्रो वर्षमा अध्ययनरत क्रान्ती सम्भवतः वडा सदस्यमा टिकट पाउने कान्छो उम्मेदवार हुन् । मुलुक परिवर्तनको सपना बोकेर जनयुद्धमा होमिँदा ज्यान बलिदान गरेका शहीदको सपना पूरा गर्न र द्वन्द्वकाक्रममा सिन्दुर पुछिएका महिला, बाबुआमा गुमाएका बालबच्चा लगायतको पक्षमा काम गर्नका लागि स्थानीय तहमा उम्मेदवारी दिएको उनले बताइन् । ‘द्वन्द्व कालमा हजारौं आमाको सिन्दुर पुछिएको छ, हजारौं छोराछोरी टुहुरा टुहुरी भएका छन्,’ क्रान्तीले भनिन्, ‘शहीदको सपना पूरा गर्न बाँकी नै छ, महिला सशक्तीकरणको पक्षमा पनि काम गर्नु छ । यही उद्देश्य पुरा गर्न उम्मेदवारी दिएकी हुँ ।’

उनले गोलाकारभित्रको हँसिया हतौडामा मतदान गरेर जिताउन सबैसँग अपिल पनि गरेकी छिन् ।

माक्सवाद माओवाद मान्ने ठुलकुमार जनयुद्धमा होमिए पनि उनले जिल्लामा इमान्दारिता, तत्कालिन राज्य सत्तासँग दुश्मनी भाव भन्दा पनि मित्रताको भाव दिने गर्दथे । उनले आफू जिल्लामा रहँदासम्म सेना प्रहरीसँग भिडन्त नगर्ने र जनतामा सचेतना पैदा गरेर परिवर्तन गर्ने घोषणा गर्दथे । प्रहरी र सेना शत्रु नभएर राज्य सञ्चालक आफ्ना शत्रु रहेको ठान्ने उनको प्रहरीकै गोलीबाट ज्यान गएको थियो । उनको निधनपछि खोटाङमा विपक्षीले समेत उनको इमान्दारिता र सोझोपनको तारिख गर्ने गरेका छन् । उनकी छोरी क्रान्ती पनि इमान्दार भएको, शिक्षित र सचेत भएकाले पनि जित्ने सम्भावना सुनिश्चित जस्तै रहेको बताइन्छ ।

रुपाकोट मझुवागढी नगरपालिका–८ मा माओवादी, कांग्रेस र संघीय समाजवादीको चुनावी तालमेल छ । वडा अध्यक्षमा कांग्रेसका गोपालसिंह राई उठेका छन् । संयुक्त प्यानलमा माओवादीकातर्फबाट क्रान्ती र रेजिना परिवार, संघीय समाजबादीकातर्फबाट गजेन्द्र राई सदस्यका उम्मेदवार छन् । यस्तै, कांग्रेसकातर्फबाट कृष्णकुमारी कठायत वडा सदस्यका उम्मेदवार छिन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post