sponsor

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » अज्ञात समूहद्धारा विद्यालयमा आगजनी, साँढे दुई करोड बढीको क्षति

खोटाङ, १७ जेठ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने जालपास्थित ज्योति माविमा गएराति आगलागी भएको छ । रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाको ज्योति माविमा गए राति करिब १२ बजेको समयमा आगलागी भएको हो । 

मध्यरातमा भएको आगलागीबाट विद्यालयको नौंवटा कक्षा कोठा, कार्यालय,  कागजपत्र, पुस्तकालय, फर्नीचर लगायतका सामग्री पूर्ण रुपमा जलेर नष्ट भएको प्रधानाध्यापक टीकाबहादुर श्रेष्ठले बताउनुभयो । जिल्लाको नमूना मानिएको विद्यालयमा आगलागी हुँदा साँढे दुई करोड बढीको क्षति भएको प्रहरीले जनाएको छ । 

विद्यालयमा भएको आगलागी कारण भने अहिलेसम्म खुल्न नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रतिमान राईले जानकारी दिनुभयो । आगलागी भएको विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानको टोली घटनास्थल पुगेको छ । 

विद्यालयमा भएको आगलागी अज्ञात समूहले सुनियोजित तरिकाले गरेको हुन सक्ने स्थानीयको अनुमान छ । घटनाको प्रकृति हेर्दा ठूलै समूहले पेट्रोल छर्केर आगजनी गरेको हुन सक्ने अनुमान गरिएको घटनास्थल पुगेका जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताउनुभयो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post