sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » ‘झम्के मायालु’ लाई पुर्वेली माया

रामधन राई/खोटाङ
बैशाख २१ । पुर्बी पहाडी जिल्लाहरुको हाटबजार, मेलापात, बिहे बटुलो आदि शुभ कार्यहरुमा घन्किने, रन्किने ठेट लय र झर्रो भाका उनिएका छन् गीति भिडियो एल्बम ‘झम्के मायालु’ मा । खोटाङ र भोजपुर बीचमा लाग्ने ऐतिहासिक पान्धारे मेलालाई केन्द्र वा प्रतिनिधी बनाई निर्माण गरिएको गीति भिडियो ‘झम्के मायालु’मा अघिल्लो पुस्ताले भोगिआएको झर्रो मनोरञ्जन, चोखो पिरती तथा जिन्दगी धान्दाको दुखम्–सुखम स्पष्ट सुन्न र छर्लङग देख्न सकिन्छ ।

 बिशेषतः हाटबजारमा सौभाग्यवस जुर्ने यस्तो अवसरमा मनको अभिब्यक्ति प्रस्तुत गर्नका लागि दोहोरी वा जुहारी गाउने त्यो समयको प्रचलन भएको स्थानीय बताउँछन् । यसैगरी दोहोरी गाउँदा गाउँदै, जुहारी खेल्दा खेल्दै, मनका कुरा रुखका पातमा लेख्दा–लेख्दै मन मिलेको खण्डमा घरवार गर्ने ती प्रचलन ‘झम्के मायाँलु’ मा भेटिन्छन् । 

प्राकृतिक हिसाबले समेत मनमोहक पान्धारे मेला तथा आसपासमा सुनिने र देखिने ‘झम्के मायाँलु’ले पुर्बेली मनहरुलाई हुरुक्कै पारेको छ । अघिल्लो पुस्ताकाहरु यो गीति भिडियो हेरेपछि उ बेलाका सम्झनालाई मनको डिलैमा ल्याएर आँखाबाट ओराली पठाउँछन् । उनै झम्के मायाँलुसँगको सम्झनामा टोलाई पठाउँछन् र रोमाञ्चक बन्छन् ।  

रोशन राईको निर्देशनमा कपिल राईद्वारा निर्मित गायिका जानुका राई र गायक निश्चल राईको हालै सार्बजानिक गीति भिडियो ‘झम्के मायाँलु’ यतिखेर पुर्बमा चर्चित बनेका छन् । बिहे–बटुलो, बनभोजदेखिको सानातिना शुभ कार्यदेखि ठुला–ठुला कार्यक्रमहरुमा यो पुर्बेली लोकदोहोरी गीत घन्कन थालेका छन् । 

स्थानीय मौलिक रस बोकेको गीतमा भिडियोको समेत गज्जब तालमेल भएकाले झम्के मायाँलुको चर्चा बढेको संगीतपारखीहरु बताउँछन् । उनीहरुका अनुसार सरदरका गीतहरुलाई उछिनेर तयार भएको छ  झम्के मायाँलु । बजारमा आएका जति पनि पुर्बेली भाकाका गीतहरुलाई प्रतिनिधित्व गर्न सक्ने हैसियत झम्के मायाँलुले राख्न सक्ने दाबी गीतसंगीत सम्बद्घ ब्यक्तित्वहरु बताउँछन् । साँस्कृतिक अभियन्ता तथा निर्देशक रोशन राईका अनुसार यो गीत उही जनजीवनको सजिब दृश्य हुन् , जो कालान्तरसम्म पनि यही थाकथलो, गाउँबस्ती सेरोफेरोमा सुन्दर ढंगको जीबन बनेर बाँचिरहनेछन् । निर्देशक राई भन्नुहुन्छ –‘गीति भिडियोमा अलि पुरानो जीवन शैली देखाउन खोजिएको छ । बनजंगल धाउँदा तथा हाटबजारतिर रंगरस गर्दा जुवारी गाउने प्रचलन जो थियो ।’ 

निर्माता तथा साँस्कृतिक अभियन्ता कपिल राईका अनुसार यस गीतको भिडियो खोटाङ, भोजपुरका साथै उदयपुरका बिभिन्न स्थानमा छाँयाङकन गरिएको छ । मौलिक–साँस्कृतिक तथा ऐतिहासिक गीत–संगीतलाई भिडियोमा उतार्दै दस्ताबेजीकरणमा लागेका निर्माता तथा निर्देशकद्वय ‘झम्के मायाँल’ुले श्रोता–दर्शकको अपार मायाँ पाएको बताउँदै उत्साही भएको उल्लेख गर्छन् । 

दिवाकर राईको शब्द÷संगीत र डम्बर लिम्बुको एरेजमेण्टमा चार्चित गायिका जानुका  तथा गीत संगितमा चहकिलो हस्ताक्षर निश्चल राईको निख्खारिएको स्वर उसै मज्जाले खुलेका छन् । लामो समयदेखि काम गरी अनुभब बटुलेका युवराज राईको छाँयाङकनमा शेसुका राई, निशा राई, पवन राई, अन्वेस राई, प्रबिन राई लगायतको अभिनय रहेको छ । निर्देशक रोशन राईले बताउनुभयो ।  छोटो समयमा निर्माण कार्य सम्पन्न भए पनि राम्रै लगानी भएकाले सन्तोषजनक गीति भिडियो निर्माण गर्न सकिएको निर्देशक तथा निर्माताद्वयको भनाई छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post