sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » खोटाङकाे कुल बजेट २,७०,७९,७०,०००, कुन नगर/गाउँपालिकालाई कति ? (विवरणसहित)

टेनिस रोका
खोटाङ १५ जेठ । सरकारले आर्थिक वर्ष २०७४/७५ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार व्यवस्थापिका संसदमा प्रस्तुत गरेको बजेटमा खोटाङका लागि बित्तिय समानिकरण र सशर्तसहित गरेर २ अर्ब ७० करोड, ७९ लाख ७० हजार रुपैयाँ बिनियोजन गरेका हुन् ।

जस अन्तर्गत १ अर्ब ६९ करोड ३४ लाख ४३ हजार वित्तिय समानिकरणका लागि हो भने १ अर्ब २ करोड ४५ लाख २७ हजार सशर्तका रुपमा छुट्याइएको छ । वित्तिय समानिकरणका लागि छुट्याइएको बजेट स्वतः पाउने भएपनि सशर्तका रुपमा छुट्याइएको बजेट भने स्थानीय तहको नीति तथा कार्यक्रम अनुसार र तोकिएको शर्त पूरा गर्ने आधारमा मात्र पाइने छ ।

बजेटमा दुई नगरपालिकाका लागि ५२ लाख ६९ हजार समानिकरण अन्तर्गत छुट्याइएको छ भने ३५ करोड २४ लाख ५४ हजार सशर्तका रुपमा छुट्याइएको छ ।
यस्तै, ८ गाउँपालिकाका लागि १ अर्ब १७ करोड ३३ लाख ७४ हजार वित्तिय समानिकरण अन्तर्गत र ६६ करोड २० लाख ७३ हजार सशर्तका रुपमा विनियोजन गरिएको छ ।

कहाँ कति बजेट :


१) रुपाकोट मझुवागढी नगरपालिकामा वित्तिय समानिकरण अन्तर्गत २८ करोड ६५ लाख ३० हजार र सशर्त अनुदान अर्थात योजना तथा कार्यक्रमका आधारमा १९ करोड ८८ लाख १४ हजार छुट्याइएको छ ।

२) हलेसी तुवाचुङ नगरपालिकाका लागि २३ करोड ३५ लाख ३९ हजार र सशर्त रुपमा १५ करोड ३६ लाख ४० हजार छुट्याइएको छ ।

 ३) ऐसेलुखर्क गाउँपालिकका लागि १४ करोड ८० लाख ९ हजार वित्तिय समानिकरण र ८ करोड ७ लाख ९ हजार सशर्तका रुपमा छुट्याइएको छ

४) केपिलासगढी गाउँपालिकाका लागि १५ करोड ६५ लाख ८४ हजार वित्तिय समानिकरणका लागि र ७ करोड ३४ लाख ९ हजार सशर्तका रुपमा छुट्याइएको छ ।

५) खोटेहाङ गाउँपालिकाका लागि १८ करोड १४ लाख ९४ हजार वित्तिय समानिकरणका लागि र ९ करोड ५ लाख ४३ हजार सशर्तका रुपमा छुट्याइएको छ ।

६) जन्तेढुंगा गाउँपालिकका लागि १४ करोड ४२ लाख ३० हजार वित्तिय समानिकरणका लागि र ७ करोड ८७ लाख ९९ हजार सशर्तका रुपमा छुट्याइएको छ ।

७) दिप्रुङ गाउँपालिकाका लागि १६ करोड ३७ लाख ५० हजार वित्तिय समानिकरणका लागि र १० करोड ९१ लाख १० हजार सशर्तका रुपमा छुट्याइएको छ ।

८) लामिडाँडा गाउँपालिकाका लागि १२ करोड ६५ लाख  हजार वित्तिय समानिकरणका लागि र ७ करोड १२ लाख ३५ हजार सशर्तका रुपमा छुट्याइएको छ ।

९) बराहपोखरी गाउँपालिकाका लागि १३ करोड ९६ लाख ६६ हजार वित्तिय समानिकरणका लागि र ७ करोड ३४ लाख १० हजार सशर्तका रुपमा छुट्याइएको छ ।

१०) साकेला गाउँपालिकाका लागि ११ करोड ३२ लाख ३२ हजार वित्तिय समानिकरणका लागि र ६ करोड ८८ लाख ५८ हजार सशर्तका रुपमा छुट्याइएको छ ।

माओवादी केन्द्र खुसी
आफ्नो पार्टीको एजेण्डा अनुसार संविधान जारी गर्दै सिंहदरबारको अधिकार सिँधै गाउँ नगरमा आफ्नै पार्टीको पहलमा ल्याउन सकेको भन्दै नेकपा माओवादी केन्द्र खोटाङ खुसी बनेको छ ।
अहिले केन्द्रबाट सिँधै बजेट गाउँमा छुट्याइएको र अब गाउँको आवश्यकता अनुसार विकास हुनेमा माओवादी केन्द्र आशावादी बनेकोे छ ।
माओवादी केन्द्रबाट रुपाकोट मझुवागढी नगरपालिकाकी मेयर उम्मेदवार दुर्गाजयन्ती राईले माओवादीकै एजेण्डामा अहिलेको बजेट सिंहदरबारमा सिँधै जनताको गाउँ गाउँ र नगर नगरमा आएको भन्दै यसले काठमाडौं मात्रै नभएर अब सबै गाउँ नगरको विकासको विकास र समृद्धिको ढोका खुलेको बताइन् । माओवादीले गाउँ गाउँमा अधिकारसहित बजेट ल्याएको भन्दै उनले अब हुने स्थानीय तहको निर्वाचनमा जनताले असल नेतृत्व छान्न सके उक्त नेतृत्वले नमुनाका रुपमा गाउँ नगरलाई विकास गरेर गाउँ र नगरलाई समृद्ध र विकासको उचाईमा पुर्याउने पनि बताइन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post