sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » माओवादी केन्द्रबाट प्रमुख पदमा ५० प्रतिशत महिला उम्मेदवार

खोटाङ, १५ जेठ । नेकपा माओवादी केन्द्रले खोटाङ जिल्लामा स्थानीय तहको प्रमुख पदमा पचास प्रतिशत महिला उम्मेदवार उठाएको छ । दश स्थानीय तह मध्ये पाँच वटामा माओवादी केन्द्रले महिला उम्मेदवार उठाएको हो ।

माओवादी केन्द्रको रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा पूर्व सभाषद् दुर्गाजयन्ती राईलाई टिकट दिएको छ । यस्तै, लामीडाँडा गाउँपालिकामा डा. चेतकुमारी गुरुङ, केपीलासगढी गाउँपालिका प्रमुखमा मनकुमारी रसाईली (रश्मी), बराहपोखरी गाउँपालिका प्रमुखमा निशाना राई र जन्तेढुङ्गा गाउँपालिका प्रमुखमा अरुणा राई (दीक्षा)ले गाउँपालिका प्रमुखको उम्मेदवारी पाएका छन् ।

माओवादी केन्द्रले रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा हरिश्चन्द्र गिरी, ऐसेलुखर्क गाउँपालिकाको प्रमुखमा श्रीबहादुर राई, उपप्रमुखमा उर्मिला लम्साल, साकेला गाउँपालिकाको प्रमुखमा अर्जुनकुमार खड्का, उपप्रमुखमा विर्षिका राई, खोटेहाङ गाउँपालिकाको प्रमुखमा राजन ढकाल र उपप्रमुखमा विनिता राई, दिप्रुङ गाउँपालिकाको प्रमुखमा दिपक पाण्डे (आकाश) र उपप्रमुखमा कल्पना राई सोनियालाई उठाएको छ । 

रुपाकोट मझुवागढी नगरपालिकाको उपमेयरमा होमकाजी आचार्य (विनोद), लामीडाँडा गाउँपालिकाको उपप्रमुखमा भुवराज पोखरेल, केपीलासगढी नगरपालिकामा रुद्रकुमार राई, जन्तेढुङ्गा गाउँपालिकामा वीरबल किराती, बराहपोखरी गाउँपालिकाको उपप्रमुखमा सुवासचन्द्र राई उम्मेदवार छन् । हलेसी तुवाचुङ नगरपालिकाको उपमेयरको टुङ्गो भने, लाग्न बाँकी रहेको माओवादी नेता सुरेश राईले बताउनुभयो । 

पिछडिएका वर्ग, लिङ्ग र जातजातिलाई राज्यको नीति निर्माणतहमा पु¥याउने भन्ने पार्टीको नीतिमै उल्लेख भए अनुसार प्रमुख पदमा महिलालाई टिकट दिइएको माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य तथा खोटाङ इन्चार्ज ध्रुव बुढाथोकी (धिरेन)ले बताउनुभयो । “उहाँहरु राजनीतिमा क्रियासिल पनि हुनुहुन्छ ।” उहाँले भन्नुभयो, “नेतृत्व गर्न सक्षम भएकै कारण उहाँहरुलाई आगामी निर्वाचनका लागि उम्मेदवार बनाएका हौं ।” 

जिल्लाका अन्य राजनीतिक दलले आकांक्षीको संख्या धेरै हुँदा अहिलेसम्म उम्मेदवार टुङ्ग्याउन सकेको छैन । १२ वटा राजनीतिक दल क्रियासिल रहेको जिल्लामा माओवादी केन्द्र बाहेक अन्य दलबाट प्रमुख पदमा महिला उम्मेदवार बन्ने सम्भावना छैन । 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा माओवादीले मेयर, उपमेयर र पालिका प्रमुखसँगै सबै उम्मेदवारी टुङ्ग्याएसँगै चुनावी गतिविधिलाई उत्कर्षमा पु¥याएको छ । जिल्लामा अन्य राजनीतिक दल भने, उम्मेदवारी चयनमै अल्मलिएका छन् । 

यसअघि आगामी जेठ ३१ गतेका लागि दोस्रो चरणको निर्वाचन मिति तोकिए पनि मन्त्रीपरिषदको बैठकले ९ असारका लागि सारेको छ । उक्त निर्वाचनममा जिल्लामा १२ वटा राजनीतिक दलले आफ्नो पार्टी र कार्यसमितिको नामावाली दर्ता गराएक छन् । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (माले), राप्रपा, नयाँ शक्ति नेपाल, संघीय समाजवादी फोरम, नेकपा (माले(जनसमाजवादी), चुरेभावर लोकतान्त्रिक पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी र युनाइटेड ग्रीन अर्गनाइजेशनले दर्ता गराएको हो ।


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post