sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » खोटाङ चुनाव चहलपहलः घोषणापत्र बनाउँदै माओवादी, भेलामा एमाले, उम्मेदवार छनोटमा कांग्रेस

काठमाडौं ७ जेठ
स्थानीय तहको दोस्रो चरणको ३१ जेठका लागि तोकिएको निर्वाचन मिति नजिकिदै गर्दा खोटाङका राजनीतिक दलहरुले निर्वाचन केन्द्रित गतिविधिलाई तिब्रता दिन थालेका छन् ।

अहिले खोटाङका सबै दलहरु उम्मेदवार छान्नेदेखि लिएर घोषणापत्र बनाउने काममा होमिएको पाइएको छ । उम्मेदवार छनोट भईसकेकाकाे हकमा चुनावी प्रचार प्रसारका लागि भेला गर्ने, घोषणा पत्र तयार पार्नेदेखि लिएर मतदातासम्म एजेण्डा पुर्याउन सुरु गरेका छन् ।

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले १० स्थानीय तह मध्ये अधिकांशमा उम्मेदवारी तय गरिसकेको छ । आधिकारिक घोषणा हुन बाँकी रहे पनि माओवादी केन्द्रका उम्मेदवारले घोषणा पत्र तयार गर्नेदेखि लिएर छलफल बैठकका साथै प्रचार प्रसारमा समेत खटि रहेको पाइएकाे छ ।

रु.म नगरपालिकाका लागि माओवादी केन्द्रको घोषणापत्र तय गरिदैं गरेको अवस्थामा ।

रुपाकोट मझुवागढी नगरपालिकाको दुर्गाजयन्ती राई मेयर र बिनोद आचार्यलाई उपमेयर बनाएको माओवादी केन्द्रले नगरपालिकाको घोषणा पत्र तयार गरेर छाप्नका लागि प्रेसमा पठाएको जनाएको छ ।

यस्तै, अन्य नगर तथा गाउँपालिककाका उम्मेदवार समेत घोषणापत्र तयार गर्ने, प्रचार प्रसार गर्नेमा लागि रहेको पाइएको छ ।
एमाले खोटाङ जिल्ला स्थानीय तह निर्वाचन सहयोग समितिको काठमाडौं भएको भेला ।

दोस्रो संविधानसभाको निर्वाचनमा दुवै क्षेत्र प्रत्यक्ष जितेको नेकपा एमालेले पनि चुनावी कार्यक्रमलाई आक्रमक रुपमा अघि बढाईरहेको पाइएको छ । दुवै सांसद अहिले चुनावी प्रचारका लागि जिल्लामा खटिएको पाइएको छ भने एमाले खोटाङ काठमाडौं सम्पर्क मञ्चले समेत जिल्ला फर्क अभियान, तथा सहयाेग अभियानका रुपमा भेला गरेको जनाएको छ । एमालेले केही बाहेक अधिकांशमा आफ्ना उम्मेदवार टुंगो लगाईसकेको जनाएको छ । एमालेले चुनावी प्रचार प्रसार, उम्मेदवार छनोट तथा घोषणापत्र तयार गर्ने काम अघि बढीरहेको जनाएको छ ।

यता, संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि चुनावी गतिविधिलाई बढाएर लगेको छ । उम्मेदवार छनोटमा खटिएको कांग्रेसले चाँडै उम्मेदवारको टुंगो लाग्ने जनाएको छ । कांग्रेसले पनि उम्मेदवार छनोट, घोषणापत्र, चुनाव प्रचार प्रसारको अभियान तिब्र रुपमा चलिरहेको जनाएको छ ।

प्रमुख तीन ठूला दल बाहेकका अन्य दल पनि चुनावी अभियानमा केन्द्रित देखिएका छन् । संघीय समाजवादी फोरम लगायतका दलहरु उम्मेदवार छनोट, घोषणापत्र, तालमेलका साथै चुनाव प्रसार प्रचारको काममा तिब्रताका साथ खटिएको पाइएको छ ।

दलहरु उम्मेदवार छनोट तथा चुनावी कार्यक्रममा कस्सिएको बेला सर्वसाधरण पनि दलहरुले कस्ता उम्मेदवार छनोट गर्छन र कस्ता एजेण्डा ल्याउछन् भनेर चुनावी माहोलमा रमाएको समेत पाइएको छ ।

रु.म. नगरपालिकाको लागि माओवादी केन्द्रले बनाएको घोषणापत्रको बाहिरी पृष्ठ । जिल्लाका सबै उम्मेदवारलाई घोषणापत्रको चटारो रहेको पाइएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post