sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » भोट माग्दा झुट, खराबी र बेमानी कुरा नगर्नु : पूर्वमन्त्री पोखरेल

खोटाङ, ८ जेठ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेलले भोट माग्दा झुट, खराबी र बेमानी कुराहरु नगर्न उम्मेदवारलाई निर्देशन दिनुभएको छ । माओवादी केन्द्रको तर्फबाट खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको उम्मेदवार घोषणा कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । 
दिक्तेलस्थित समीक्षालय हलमा आयोजित उम्मेदवारी घोषणासभामा बोल्दै उहाँले सबै उम्मेदवारले आ–आफ्नो तर्फबाट प्रतिवद्धतापत्र तयार गरेर जनतासामु जान अनुरोध गर्नुभयो । “सबैलाई भेट्नुस् । पार्टीको एजेण्डाको विषयमा जानकारी दिनुस् ।” उहाँले भन्नुभयो, “एकतावद्ध ढङ्गले अगाडि बढ्नुस् । जित अवश्य हुन्छ ।” 

निर्वाचनका लागि उम्मेदवार बनेकाहरुलाई प्रशिक्षण दिन खोटाङ आउनुभएका नेता पोखरेलले पुराना राजनीतिक दलले निर्वाचनमा पैसा बाँड्ने, भ्रम सिर्जना गर्ने र जनतालाई फसाउने गरेको आरोप लगाउनुभयो । “पुराना राजनीतिक दलले फैलाउने भ्रम चिर्दै यो निर्वाचनलाई ऐतिहासिक बनाउने जिम्मा हामीमाथि छ ।” उहाँले भन्नुभयो, “देशमा भएका युगान्तकारी परिवर्तनलाई निर्वाचनमार्फत संस्थागत गर्नुपर्ने अवस्था आएको छ ।”

आगामी जेठ ३१ गते हुन लागेको चुनावलाई चुनावका रुपमा नलिइ आन्दोलन, क्रान्ति र परिवर्तनका रुपमा लिन कार्यकर्तालाई आग्रह गर्नुभयो । “देशलाई नयाँ दिशातर्फ उन्मुख गर्न  पार्टी लागी परेको छ ।” उहाँले भन्नुभयो, “सिंहदवारमा केन्द्रीत शासनसत्तालाई गाउँतहसम्म पु¥याउन पार्टी सफल भएको छ ।”

पहिलो चरणको निर्वाण सम्पन्न गर्न सरकार सफल भएको दाबी गर्दै उहाँले दोश्रो चरणको निर्वाचन पनि तोकिएकै मितिमा हुने बताउनुभयो । “मधेस केन्द्रीत दलसमेत चुनावमा आउने भएका छन् ।” उहाँले भन्नुभयो, “बाँकी रहेका प्रदेशहरुमा पनि तोकिएकै मितिमा निर्वाचन हुने भएकाले ढुक्क भएर लागी पर्नुहोस् ।”
एक अर्को प्रसँगमा बोल्दै नेता पोखरेलले प्रचण्ड नेतृत्वको वर्तमान सरकार सफल भएको दाबी गर्नुभयो । प्रचण्डको नेतृत्वमा सरकार गठन नभइ अन्य कुनै पार्टीका नेताको नेतृत्वमा सरकार गठन भएको भएमा असफल कुने निश्चित रहेको बताउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post