sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » » रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा दुर्गा जयन्तीको उम्मेदवारी घोषणा

खोटाङ, ८ जेठ । नेकपा माओवादी केन्द्र खोटाङले रुपाकोट मझुवागढी नगरपालिकाको मेयर र उपमेयर सहित १५ वटै वडाको उम्मेदवार घोषणा गरेको छ ।


 आगामी जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि माओवादी केन्द्रले आईतबार दिक्तेलमा आयोजित कार्यक्रममा मेयरमा पूर्वसभाषद् दुर्गाजयन्ती राई र उपमेयरमा होमकाजी आचार्य (विनोद)लाई उम्मेदवार घोषणा गरेको हो ।


दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङका ठूला दलमध्येका नेपाली काँग्रेस र नेकपा एमालेले हालसम्म मेयर र उपमेयरको उम्मेदवार टुङ्गो लगाउन नसकिरहेको समयमा माओवादी केन्द्रले भने, लामीडाँडाबाहेकका गाउँ÷नगरपालिकामा उम्मेदवार टुङ्गो लगाइसकेको छ । अन्य दलमा मेयरका लागि पुरुषको मात्र चर्चा भइरहेको समयमा माओवादी केन्द्रले भने मेयरमै महिला उम्मेदरलाई टिकट दिएको हो । 

माओवादी केन्द्रले वडा नम्बर–७ दोर्पाचिउरीडाँडामा संघीय समाजवादी फोरमसँग, वडा नम्बर–८ मा काँग्रेस र संघीय समाजवादी फोरमसँग तथा वडा नम्बर–१० पाथेकामा संघीय समाजवादी फोरमसँग चुनावी तालमेल गरेर उम्मेदवार घोषणा गरेको छ । माओवादी केन्द्रले वडा नम्बर–१ मा पर्शुराम विश्वकर्मा, २ मा सन्तोष राई, ३ मा हस्तकुमार राई, ४ मा खगेन्द्र राई, ५ मा प्रेम कटवाल, ६ नेर्पामा माधव राई, ७ दोर्पाचिउरीडाँडामा हरिप्रसाद चौंलागाई, ९ निर्मलीडाँडामा बलराम राई, ११ खार्मीमा सुरेशकुमार तामाङ, १२ जालपामा विकास राई, १३ नुनथलामा भीम राई, १४ बुइपामा गणेश राई र १५ विजयखर्कमा वाणीबेलास ढुङ्गानालाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । 

चुनावी तालमेलकाक्रममा माओवादी केन्द्रले रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडामा काँग्रेसका गोपालसिं राईलाई र १० मा संघीय समाजवादी फोरमका मुगाधन राईलाई वडा अध्यक्ष दिएर सदस्य लिएको खोटाङ ईन्चार्ज ध्रुव बुढाथोकी (धिरेन)ले घोषणा गर्नुभयो । माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री गिरीराजमणी पोखरेलको उपस्थितिमा नगरपालिकाको उम्मेदवार घोषणा गरिएको हो । 
मेयरका उम्मेदवार राई २०६४ सालमा भएको संविधानसभाको निर्वाचनमार्फत सामानुपातिक सभाषद् बन्नुभएको थियो । उपमेयरका उम्मेदवार विनोद सशस्त्र द्धन्द्धको समयमा विभिन्न मोर्चा सम्हालेका नेता हुनुहुन्छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post