sponsor

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » माओवादी केन्द्रलाई भोट किन ? यस्ता छन् चुनावी प्रतिवद्धता

डिसुजा राई
खोटाङ १७ जेठ ।  पूर्व सांसद समेत रहेकी नेतृ दुर्गा जयन्ती राईलाई रुपाकोट मझुवागढी नगरपालिकाको उम्मेदवार बनाएको नेकपा माओवादी केन्द्रले आफ्ना उम्मेदवारलाई भोट केका लागि दिने भनेर चुनावी प्रतिवद्धता सार्वजनिक गरेको छ ।

माओवादी केन्द्र रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नो प्रतिवद्धतामा जनताको सेवा सुविधालाई छिटो छरितो र पारदर्शि बनाइने, सडक निर्माणलाई जोड दिने तथा विकासका कार्यक्रम शक्ति र पहुंचका आधारमा नभई आवश्यकताका आधारमा गरिने प्रतिवद्धता जाहेर गरेको छ ।

माओवादीले ग्रामीण सडक गुरुयोजनाको मापदण्ड बनाएर ५ वर्ष भित्र बजार क्षेत्रका सबै नगरवासीको घर घरमा र ग्रामिण क्षेत्रमा हरेक टोलमा एम्बुलेन्स र दमकल पु¥याउने गरि सडक विस्तार गर्ने प्रतिवद्धता जनाएको छ । 

सबै वडामा नगरबस सञ्चालन गर्ने, नगरका सबै वडाहरुलाई समावेश गरी रिङरोड बनाउने, एक वडा एक पुस्तकालय र हरेक विद्यालयमा कम्प्युटर र इन्टरनेटको पहुँच पुर्याउने प्रतिवद्धता माओवादीले गरेको छ ।

माओवादीले गरिबीको रेखाभन्दा तल रहेका परिवारका बच्चाहरूलाई जन्मिए देखि ३ वर्षसम्म मासिक एक हजार पोषण भत्ता उपलब्ध गराउने प्रतिवद्धता पनि जनाएको छ ।

माओवादी केन्द्रले युवाहरूलाई विकास प्रक्रियामा प्रत्यक्ष रूपमा सहभागिता गराउन । युवा व्यवसायीलाई सीप, तालिमका साथै सामूहिक जमानीमा सहुलियत ऋण तथा अनुदान उपलब्ध गराउने व्यवस्था गर्ने, नगरक्षेत्र भित्रका सबै स्वास्थ्य संस्थाहरूमा २४ सै घण्टा प्रसुतीसेवा (बर्थिङ सेन्टर) र ल्याब सेवा (प्रयोगशाला) सञ्चालनमा ल्याउने  तथा खेल क्षेत्रको विकासका लागि एक वडा एक खेलमैदानको विकास गर्ने प्रतिवद्धता पनि जनाएको छ ।

मेयर उम्मेदवार दुर्गा जयन्ती राईले आफूहरुलाई जनताले भोट दिएर जिताएमा जनताको काममा अहोरात्र खटिएर जनताकै सुझाव र सहभागितामा काम गर्ने बताइन् । 

उनले माओवादी केन्द्रको नेतृत्वमा सरकार भएको बेला लोडसेडिङ हटाएको, आर्थिक वृद्धि ७ प्रतिशतको हाराहारीमा पुर्याएको, सडक सञ्जालबाट एसियादेखि युरोप जोड्ने चीन सरकारको ओभिओआर कार्यक्रममा हस्ताक्षर गरेर सहभागिता जनाएको, फास्ट ट्रयाक नेपाललाई बनाउने जिम्मा दिएर काम समेत सुरु भएको लगायत विकासका काम अरु पार्टीले भन्दा माओवादीले नै गरेर देखाएको उदाहरण प्रस्तुत गर्दै रुपाकोट मझुवागढी नगरपालिका र नगरपालिाबासीका लागि पनि विशेष योजनाका साथ पारदर्शीतालाई ध्यानमा राखेर काम गरेर देखाउने समेत बताइन् ।

माओवादी केन्द्रले आफ्ना मुख्य एजेण्डा नगरबासीसम्म पुर्याउन प्रतिवद्धता पत्र र प्रचार सामग्री तयार गरेको छ । जसमा माओवादीले नगरबासीका लागि गरेका मुख्य प्रतिवद्धता यस्ता रहेका छन्:

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post