sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » » एमाले नेताद्धारा द्धन्द्धपीडित परिवारको साढे चार लाख हिनामिना, फिर्ता गरिदिन माग

खोटाङ २१ वैशाख

खोटाङका एक एमाले नेताले द्धन्द्ध पीडित परिवारको करिब साढे चार लाख हिनामिना गरेको खुलेको छ ।
सशस्त्र द्धन्द्धको समयमा १३ वर्षअघि हत्या गरिएका जन्तेढुंगा गाउँपालिका–४ का लालबहादुर तामाङकी श्रीमती जमुना राई (तामाङ)ले राज्यबाट प्राप्त गरेको ५ लाखमध्ये ४ लाख ३० हजार रुपैयाँ अर्कैले बुझेर हिनामिना गरेको भन्दै फिर्ता गराइदिन आग्रह गरेपछि रकम हिनामिनाको घटना बाहिर आएको हो ।

द्धन्द्धकाक्रममा २०६० साल चैत्र २५ गते राती हत्या गरिएका मृतक तामाङ परिवारले जिल्लाका दलहरुबीचको विवादका कारण १० वर्ष ढिलागरी राहत पाए पनि जन्तेढुंगा गाउँपालिका–४ कै स्थानीय बिदुर राईले झिकेर नदिएको  पिडित जमुनाले गुनासो गरिकी छिन् । आरोपित राई डम्बर्खुशिवालका एमालेका अध्यक्ष हुन् ।

राहतका लागि राष्ट्रिय बाणिज्य बैंकमा शुन्य खातामा खोलिएको खाता नम्बर २६७१४ मा शान्ती तथा पुःन निर्माण मन्त्रालयमार्फत जम्मा भएको रकम छक्याएर बिदुर आफैले चलाएको जमुनाको गुनासो छ ।
शान्ति तथा पुःन निर्माण मन्त्रालयबाट प्राप्त पहिलो किस्ता रकम १ लाखमध्ये ५० हजार र दोश्रो किस्ता २ लाखमध्ये २० हजार मात्र हात परेको तामाङ परिवारको भनाई छ । तेश्रो किस्ताबापत प्राप्त २ लाखबाट भने एक पैसा पनि नपाएको निबेदनमा जनाइएको छ ।

हलेसी एफएमको आधिकारिक अनलाइन पोर्टलका अनुसार अनपढ र सोझो भएकाले चेकमा ल्याप्चे हाल्न लगाएर छक्याउँदै चलाइदिएकाले फिर्ता पाउनका लागि प्रशासन, शान्ति समिति र मानव अधिकार आयोगलाई गुहार्नु परेको तामाङले बताएकी छिन् । सर्वदलीय बैठक राखेर राहत रकम फिर्ता पाउनका लागि निबेदन दिएपछि सोमबार स्थानीय शान्ति समितिको कार्यालयमा बसेको बैठकले आवश्यक अनुसन्धान गर्न र नियम अनुसार कारबाही गर्न प्रशासनलाई आग्रह गर्ने निर्णय गरेको छ ।

अनपढ र सोझो भएकाले चेकमा ल्याप्चे हाल्न लगाएर छक्याउँदै चलाइदिएकाले फिर्ता पाउनका लागि प्रशासन, शान्ति समिति र मानव अधिकार आयोगलाई गुहार्नु परेको तामाङले बताईन् ।  सर्वदलीय बैठक राखेर राहत रकम फिर्ता पाउनका लागि निबेदन दिएपछि सोमबार स्थानीय शान्ति समितिको कार्यालयमा बसेको बैठकले आवश्यक अनुसन्धान गर्न र नियम अनुशार कारबाही गर्न प्रशासनलाई आग्रह गर्ने निर्णय गरेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post