sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » माओबादी केन्द्र र नेकपाबीच जिल्ला एकता घोषणा

खोटाङ १९ बैशाख । नेकपा माओबादी केन्द्र खोटाङ र नेपाल कम्युनिष्ट पार्टी खोटाङको एकता घोषणा–सभा सम्पन्न भएको छ । रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा सोमबार औपचारिक रुपमा दुई पार्टीबीच एकता घोषणा गरिएको माओबादी केन्द्र खोटाङले जनाएको हो ।

नेपाल कम्युनिष्ट पार्टी खोटाङका अध्यक्ष जयश्वर राईको अध्यक्षतामा सम्पन्न घोषणा सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै माओबादी केन्द्रका हेडक्वाटर सदस्य टंक राईले बिचार र सिद्घान्त मिल्ने पार्टीहरुबीचको एकता अहिलेको आवश्यक्ता भएको उल्लेख गर्नुभयो । राईले बर्तमान राजनीतिक उपलब्धीमा माओबादी केन्द्रकै भूमिका रहेको दाबी गर्दै उपलब्धीलाई संस्थागत गर्ने दायित्व पनि माओबादी केन्द्रकै रहेको बताउनुभयो । माओबादी केन्द्र कमजोर हुनु भनेको उत्पीडित समुदायको अधिकार गुम्नु भएको नेता राईको भनाई थियो ।

कार्यक्रममा केन्द्रका सचिवालय सदस्य अमेम्बर राई, पोलिटब्युरो सदस्य दुर्गाजयन्ती राई, केन्द्रीय सदस्य दुर्गा राई, जिल्लाका नेता होमकाजी आचार्य बिनोदलगायतको उपस्थिती थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post