sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » कांग्रेस नेता/कार्यकर्ता पनि एमालेमा प्रवेश

खोटाङ १७ जेठ

जिल्लामा नेकपा एमालेका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेको केही समय बित्न नपाउँदै कांग्रेसका नेता तथा कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका छन् ।

केही दिन अगाडी मात्र खोटेहाङस्थित एमालेका स्थानीय स्तरका नेताद्धय राजु ढकाल र सन्तोष श्रेष्ठसहित २ दर्जन एमाले कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए । 

त्यसको लामो समय बित्न नपाउँदै मंगलबार जन्तेढुङा गाउँपालिका चिसापानी निवासी अमृत विश्कर्मा नेपाली काङ्ग्रेसको भातृसंस्था नेपाल दलित संघको क्षेत्रीय सभापति पद परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् । 

नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य तथा सांसद विशाल भट्टराईले उनको साथमा राजन विक, रत्नबहादुर विक, दिलकुमारी विक र विनिता विक पनि एमाले प्रवेश गरेकाे जानकारी दिए । 

भट्टराईले उनीहरु चुनावको टिकटका लागि भन्दा पनि एमाले मन पराएर आएकाले स्वागत गरेको बताएका छन् । ‘चुनावको पुर्वसन्ध्यमा कतिपयलाई लाग्न सक्छ टिकट नपाएर पो पार्टी छाडेर टिकट लिन एमाले भएको हो कि ? तर काङ्ग्रेसमा उहाँले टिकट खोज्नु नै भएन, एमालेले पहिलै उम्मेदवार छानिसकेको छ । भट्टराईले भने, ‘एमालेलाई अन्तरमनदेखी नै मन पराएर आउनुभयो, हामीले स्वागत गर्यौ ।’

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post