sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » असिनापानीसँगै परेको चट्याङले एकको मृत्यु, अन्नबालीमा लाखौंको क्षति

खोटाङ, २३ वैशाख । असिनापानीसँगै परेको चट्याङ लागेर खोटाङमा एक जनाको मृत्यु भएको छ । शनिबार दिउसो परेको चट्याङ लागेर रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ४३ वर्षीय शेरबहादुर कटवालको मृत्यु भएको हो ।

घरमा बसिरहेका कटवाललाई चट्याङ लागेपछि जिल्ला अस्पताल दिक्तेलमा ल्याएर उपचार गर्नेक्रममा साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिनुभयो । मृत कटवालको शव परीक्षणका लागि अस्पतालको शव परीक्षणगृहमा राखिएको प्रहरीले जनाएको छ ।

पानीसँगै परेको असिनाले जिल्लामा लाखौंको क्षति पु¥याएको छ । लेकाली क्षेत्रमा फल्दै गरेको आलु र गोड्ने बेलाको मकै, बेँसी क्षेत्रमा पाक्न लागेको गहुँ तथा तरकारी बालीमा क्षति पुगेको कृषकले बताएका छन् ।

असिनापानीले जिल्लामा ठूलो क्षति पु¥याएपनि क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । क्षति विवरण संकलन गर्न भोली आइतबारबाटै प्राविधिक टोली परिचालन गर्ने कार्यालयले जनाएको छ ।


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post